अमेरिकाको म्यासाचुसेट्स राज्यमा अपाङ्ग व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार किशोरहरू बिरुद्ध अभियोग लगाईएको छ ।
म्यासाचुसेट्सको एउटा सानो शहरमा गत महिना किशोरहरूको समूहले अपाङ्ग व्यक्तिलाई नराम्ररी पिटेको अधिकारीहरूले बताएपछि अपाङ्गता भएका प्रख्यात समुदाय सदस्यको पछि जुलुस निस्किएको छ ।
आक्रमणको सम्बन्धमा यस हप्ता चार किशोरलाई अभियोग लगाइएको छ । क्रिस्टोफर “डकी” एन्डरसनलाई कुटपिट गरेकोमा तीन १५ वर्षीय र एक १४ वर्षीय किशोरलाई अभियोग लगाइएको एसेक्स काउन्टी जिल्ला वकिलको कार्यालयले गत मंगलबार घोषणा गरेको छ ।
आक्रमणमा संलग्न थप दुई किशोरलाई पक्राउ पूर्जी समेत जारी गरिएको एबिसीन्यूजले जनाएको छ ।
एन्डरसनलाई भाँचिएको करङ र अन्य चोटपटक लागेको अवस्थामा स्थानीय अस्पतालमा लगिएको थियो । अधिकारीहरूका अनुसार किशोरहरूले उनलाई जंगलमा लगे जहाँ उनीहरूले उनलाई लात हानेका थिए ।
शहरका जासूसहरूले चार किशोरहरुको पहिचान गरेका थिए तर उनीहरूको उमेरका कारण उनीहरूको सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया