इजिप्टमा पर्यटक पानीजहाज डुव्दा १७ जना बेपत्ता भएका छन्।
इजिप्टका अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार लाल सागरको तटमा डुबेको एक पर्यटक डुङ्गाबाट २८ जनालाई उद्धार गरिएको छ।
तर १७ जना अन्य बेपत्ताहरूको खोजी अभियान जारी रहेको जनाएको छ ।
उक्त डुगामा विभिन्न देशका ३१ जना पर्यटक र १४ जना चालक दलका सदस्यहरु थिए । सिविसिन्यूजका अनुसार उक्त डुगा शुक्रबारसम्म चल्ने थियो ।
क्षेत्रीय लाल सागर नियन्त्रण केन्द्रले बताए अनुसार स्थानीय समय बिहान ५ः३० बजे डुगा टोलीका सदस्यबाट संकटको संकेत प्राप्त गरेको क्षेत्रीय अधिकारीहरूले एक विज्ञप्तिमा जनाएको छ । खवर पाउन साथ खोज र उद्धार टोलीहरू तुरुन्तै उक्त स्थानमा पठाइएको छ ।
प्रतिक्रिया