युएईद्वारा इजरायली यहूदी धर्मगुरुको हत्यामा संलग्न ३ जना पक्राउ

इनेप्लिज २०८१ मंसिर १० गते १२:१५ मा प्रकाशित

संयुक्त अरब इमिरेट्सको गृह मन्त्रालयले सोमबार मोल्दोभान-इजरायली यहूदी धर्मगुरुको जीभि कोगनको अपहरण र हत्याको आशंकामा तीन उज्बेक नागरिकहरूलाई पक्राउ गरेको जनाएको छ ।

२८ वर्षीय कोगन एक यहूदी धर्मगुरु हुन् जो नोभेम्बर २१ मा बेपत्ता भएका थिए। मन्त्रालयका अनुसार उनले दुबईमा किराना पसल व्यवस्थापन गरेका थिए।

मन्त्रालयले हिरासतमा परेका तीनजना संदिग्धहरुमा क्रमस २८ वर्षीय ओलिम्पी तोहिरोभिक, २८ वर्षीय महमूद जोन अब्दुल रहिम र ३३ वर्षीय अजिजी कामिलोभिक भएको जनाएको छ । एबिसीन्यूजका अनुसार उनीहरुलाई अभियोग लगाइएको छ या छैन भन्ने बारेमा कुरा बताएको छैन।

इजरायली नेताहरूले यो हत्यालाई यहुदी बिरोधी आतङ्ककारीको संज्ञा दिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत आइतवार आफ्नो राष्ट्रले “हत्यारा र उनीहरूलाई न्याय दिलाउन “सबै तरिकाले कारबाही गर्ने” बताएका छन्।

सिएनएनका अनुसार जीभि कोगन मोल्दोभानका नागरिक हुन् । उनि धेरै देशहरूमा समुदाय, सभाघरहरू र अन्य संस्थाहरू भएको हासिदिक यहूदीहरूको धार्मिक आन्दोलन चाबडका प्रतिनिधि हुन् ।

प्रतिक्रिया