डिसी महानगर क्षेत्रमा स्थापित नेवा: समुदायको प्रतिष्ठित संस्था नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए )ले गत नोभेम्बर २३ का दिन मेरील्याण्डमा नेपाल सम्बत ११४५ सफलता पूर्वक सम्पन्न गरेको छ l
उक्त संस्थाका अध्यक्ष महिन्द्र प्रधानको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दुताबासका आर्थिक सल्लाहकार युगराज पाण्डे रहेका थिए । कार्यक्रम अगाडी बाजागाजा सहित सुकुन्दा र्याली निकाली बिद्यालयको परिसर बाहिरबाट उपस्थित सबै जना सभाकक्षमा प्रवेश गरेका थिए । कार्यकम सुरु हुनु अघि टिका लगाई दिईएको थियो भने अतिथीहरु र त्यहाँ एक सबैलाई सुरु मै समय बजी खुवाईएको थियो ।
उद्घाटन कार्यकममा पानसमा बत्ती बालिनुको साथै अमेरिकामा जन्मिएका बालबालिकाले अमेरिकी र नेपाली राष्ट्रिय गान प्रस्तुत गरेका थिए । साथै शंकरधर साख्वाको मूर्तिमा माल्यार्पण प्रमुख अतिथी पाण्डे तथा अतिथीले गरेका थिए । कार्यक्रमको सुरुमा नेवा जागरण गीत कार्यकारी समिति सदस्य सुगन्ध श्रेष्ठले गएका थिए भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष राजेश लाल श्रेष्ठले गरेका थिए ।
समारोहमा एनओएका पूर्व अध्यक्ष तथा वर्ल्ड नेवा अर्गनाइजेसन पूर्व सभापति सिजन श्रेष्ठ, एनईसिसीका लक्ष्मण प्रधान ,एनपिपिएका अध्यक्ष मनोहर श्रेष्ठ ,राजश्री श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । साथै नेपाल सम्बत तथा शङ्खधर साख्वाःको बारेमा ऋषि प्रसाद श्रेष्ठले चर्चा गरेका थिए ।
प्रमुख अतिथिको तर्फबाट आफ्नो मन्तब्य राख्दै पाण्डे शुभकामना दिनुको साथै शङ्खधर साख्वाःको जनताको ऋण मोचन गरेको प्रसंगको चर्चा गरे । त्यस्तै एनओएका अध्यक्ष महिन्द्र प्रधानले नेपाल सम्बत , शङ्खधर साख्वा तथा संस्थाको बारेमा चर्चा गरे ।
त्यस्तै द्वितीय उपाध्यक्ष दिवाकर धौभडेलले धन्यबाद ज्ञापन गरेका थिए भने कार्यक्रम संचालन द्वय दिवाकर धौभडेल तथा मिला श्रेष्ठले गरेका थिए । समारोहको दोश्रो चरणमा गीत र नृत्य प्रस्तुत गरिएको थियो । यस पटक नेपाल भाषाको एक नाटक पनि प्रस्तुती गरिएको थियो । कार्यक्रम पश्च्यात रात्री भोजनको आयोजना गरिदै कार्यक्रम सम्पन्न भयो ।
प्रतिक्रिया