रुसी बालबालिकालाई धर्मपुत्रपुत्री लिन प्रतिबन्ध ,विधेयकमा पुटिनद्वारा हस्ताक्षर

इनेप्लिज २०८१ मंसिर ९ गते १३:०३ मा प्रकाशित

रुसले लैङ्गिक संक्रमणलाई अनुमति दिने देशहरूलाई धर्मपुत्रपुत्री अपनाउन प्रतिबन्ध लगाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार लैङ्गिक संक्रमणलाई कानुनी मान्यता दिने देशका नागरिकले रुसी बालबालिकालाई धर्मपुत्र / पुत्री लिन प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् ।

यसअघि रुसको संसदका दुवै सदनले अनुमोदन गरेका विधेयकहरूले यौन अल्पसंख्यकहरूलाई दमन गर्ने र लामो समयदेखि चल्दै आएको परम्परागत मूल्यमान्यतालाई बलियो बनाउने कानुनहरूको शृङ्खलालाई अनुसरण गरेका छन् ।

रूसी तल्लो सदनका सभामुख व्याचेस्लाभ भोलोडिन नयाँ बिधेयकका लेखकहरू मध्ये एक थिए। धर्मपुत्र /पुत्री ग्रहण प्रतिबन्ध कम्तिमा १५ वटा देशहरूमा लागू हुनेछ। जसमध्ये अधिकांश युरोप, अष्ट्रेलिया, अर्जेन्टिना र क्यानडा परेका छन्। सन् २०१२ मा अमेरिकी नागरिकले रुसी बालबालिकालाई धर्मपुत्र/पुत्री ग्रहण गर्न प्रतिबन्ध लगाएका थिए ।

गत शनिबार अन्य प्रतिबन्धलाई अनुमोदन गरिएको थियो । जसमा ५ मिलियन रूबल (लगभग ५० हजार डलर )सम्म जरिवाना लगाउने एबिसीन्यूजले जनाएको छ ।

रूसको जनसंख्या घट्दै जाँदा पुटिनले गत वर्ष महिलाहरूलाई आठ वटा बच्चाहरू जन्माउन आग्रह गरेका थिए ।

प्रतिक्रिया