सुजाता पौडेल
एउटा विउ फुलबाट माटोमा झर्छ । किराहरु यसलाई सिध्याउंन घेर्छन्। त्यसलाई टोक्दा न टोक्दै , मूल भाग सक्दा नसक्दै , विज उम्रिएर विरुवा बन्न भ्याउंछ । र प्रकृतिको आशिर्वादले उ हुर्किएर विज बनी वयस्क फुल बनिसक्छ । तर , किराहरु पुरानै ठाउंमा विउ खोजिरहन्छन्,”यतै कतै हुनुपर्छ , त्यो जैरै भुंईमै कुहिने विउं ,भन्दै । खोज्दा पनि नभेटे पछि ,कतै हरायो मासियो भन्दै दङ्ग किराह्ररुले एक दिन त्यो हराएको विज त सुन्दर फुल बनेर धर्ति माथि मुस्कुराई रहेको पाउंछन्। अब जरै काट्नु पर्छ र फुल ढाल्नु पर्छ । किराह्रुरुको यहि भावको मिलेमतो सँग विरुवा ढाल्ने प्रयास गरिन्छ । सहस्र विज बनिसकेको फुल विजका रुपमा सर्वत्र फैलिसकेको हुन्छ । पुतलि र पंक्षिले बोकेर टाढा सम्म पुर्याएका विज वन-पाखा भरि फैलिएर वंशका नव उत्तराधिकारि बनिसकेका हुन्छन्। यता किराहरु रुख समूल मासिएको मिथ्या बुझाईमा उत्सव मनाईरहन्छ्न्।समाज सुधारक , योगी, साधक आत्मा र प्रणेताहरुलाई तत्कालिन समाजले यसरि नै सक्ने प्रयास गर्थ्यो , गर्छ ,र गरिरहेछ । उनिहरु वर्तमानका लागि भन्दा पनि भविष्यका लागि ध्रैरै बांचिरहेका हुन्छन्। राष्ट्रको धर्म , स्वाभिमान बचाउंने योगी नरहरि नाथ लाई आफ्नै देशका शासकहरुले जेल चलान गर्नु , ओशोलाई सानो अध्यागमनको गल्ति देखाएर हतकडिमा अमेरिका बाट भारत खेदनु,कविरलाई हात्ति द्वारा कुल्चन लगाउंनु ,जीससलाई सुलिमा हाल्नु भविष्यको दुर दर्शन र दृष्टि बोकेका महान आत्माहरुलाई वर्तमानले चिन्न नसकेको केहि ईतिहासका नजिर हुन्।
व्यक्तिको शरीर ,नाम र प्रतिष्ठा भांच्न अनेक प्रपन्च गर्दा पनि उनिहरु यस अस्तित्वबाट मेटिंदैनन् । बरु झन् मजबुत बनेर युग-युगलाई छहारी दीई रहेका हुन्छन्। आफुले खेपेको पीडा बिर्सेर अनेकौंको दर्दमा मुस्कान र आदर्शको मलम घसिरहेका हुन्छन्।
वर्तमान समयमा पनि एक असल आत्मालाई सकाउंने खेल सलबाएका छन्। नेपाललाई योग तथा अध्यात्मको उपनिवेष बनाउंने , योग र अन्य मौलिक दर्शनहरुको साख अरु देशमै पुर्याउंने र नेपालीलाई मानसिक रुपमा कमजोर र कब्जा बनाईरह्नने देशि विदेशि षडयन्त्र तथा खेल चलिरहंदा एक अध्यात्मिक प्रणेता आचार्य राजन शर्मा स्वदेशको गौरव ,योगको मूल थलो नेपालनै हो , यसलाई विश्व गुरु देश चिनाउंनु पर्छ , अध्यात्मिक शिक्ष्या नि:शुल्क हुनुपर्छ ,
अध्यात्मको नाममा कुनै पनि नेपाली धन वाहिररिनु हुंदैन, विदेशि योग अलायन्सको चङ्गुल बाट देशलाई बाचाउंनु पर्छ भन्न्ने अभियान छेड्दै हुनुहुन्छ । राष्ट्रिय स्वाभिमान , स्वधर्म र माटोको मौलिकता विरोधिहरुलाई यो सह्य हुंदैन । उहांको अभियान कुनै व्यक्ति,समुह र संस्था विशेषको नभएर सिङ्गो राष्ट्र र विश्वका हर योगीमनहरुको हो । उहां कुनै व्यक्ति मात्र हैन ,सिङ्गो देश र ॠषि सभ्याताको दुत हो ।उहांको अनुहारमा तिल कोठि खोजेर त्यो पिलो हो भन्ने दुषप्रयास गर्न जोडतोडले लागेको देखिन्छ । उहांको उचाईको इर्ष्या गररेर निदाउंन नसकेका केहि पूर्व सहकर्मिहरु , सामाजिक सन्जालको चरम दुरुपयोग गरेर न्युज र भ्युज बढाउंदै पित्त पत्रकारितामा रमाउंने एक समुह ,स्वधर्म विरोधि विदेशि निगाहले चुलो बालेकाहरु अहिले उहांको पछि लागेको देखिन्छ । उहांले स्वर्धम र योग गुरुदेश बन्ने नेपालको संभावनाको बारेमा बोलेको झन्डै दुई घण्टा लामो अन्तर्वाताको सिङ्गो सार बुझ्न तर्फ नगई त्यहां बोलिएको एक सानो अंशलाई सन्दर्भवस बोलिएका टुक्रे कुरा झिकेर आइग्लासले हेरेर तथ्य जांछ गरिएको भन्दै मिथ्या हो भनेर समाचारमा बङ्ग्याईएको छ र यसलाई जता ततै फैलाउंने बद्नियत पूर्ण कार्य भएको छ ।
उहांले उडिरहेको विमानमा योग ध्यान शिविर सन्चालन गरेको सन्दर्भ , तस्वीर ,केहि अन्तर्राष्ट्रिय अनलाईन पोर्टलहरुमा “गुगल सर्च ” मार्फत समेत प्रष्ट हेर्न सकिन्छ । यो सन्दर्भ ताजा घट्ना नभएर ७ वर्ष पुरानो थियो अन्तर्वातामै उल्लेख छ , सात वर्ष अघि निस्किएका समाचार र अनलाईनका सामग्रि सबै रहन्छन् भन्ने छैन। ‘डोमेन’नविकरण नगर्दा कतिपय साइटहरु बन्द भएका पनि हुन सक्छन् । देशको पावन हितका लागि भएका कार्यको त देशप्रेम गर्ने हरुले व्यक्ति भन्दा पनि कर्मको स्वागत गर्नु पर्ने हो । यदि विश्वका विभिन्न रेकर्ड बुकमा राष्ट्र गौरव अंकित गर्न सघाउंने समेत कार्य गर्नु पर्ने हो । तर तथ्य जांचको हवाला दिएको सो दुष्प्रचारमा पत्रकारिताको न्युनतम शर्त सेमत ननीभाएको देखिन्छ । न सम्बन्धित व्यक्ति संग कुनै सोधनि भएको छ न त स्रोत व्यक्त्ति अन्तर्वाताकार सँग नै । त्यस माथि पनि थर समेत विगारेर अन्तर्वाताकारको नाम प्रकाशमा ल्याईएको थियो शुरुवातमा । तथ्या जांच न त कुनै सरकारि निकाय हो , नत राज्य सरकारका प्रतिनिधिहरुको नै ! कतिपय कुरामा ‘गुगल’ र ‘इन्टरनेट सर्च ” अनुसन्धान मात्र तथ्य निकाल्न काफि हुंदैन । जस्तो की बुद्दको जन्मथलो अहिले पनि ‘गुगल सर्च’मा कतिपयले नेपालको लुम्बिनि देखाउंदैन । लुम्बिनि कपिलवस्तु दिव्स विश्व अभियानका एक अभियन्ता समेत रहनुभएका आचार्यज्युले विश्वका बिभिन्न देशमा पुगेर त्यहांका पुस्तकालय र सङ्रहालयका सूचनापाटिलाई सच्याउंन लगाएर “बुद्दको जन्मस्थल नेपाल हो” भनेर सुधार्न लगाउंनु पनि यसको केहि उदाहरण हो ।
यसरि हेर्दा तथ्या जांच “फ्याक्ट चेकको “नाममा धेरै निर्दोषहरु संकटमा, आत्महत्यामा र “ब्ल्याकमेलमा पारीएको देखिन्छ । तथ्य जांच त्यति हलुको विषय हैन वर्षौंको शोध र अनुसन्धान हुनु जरुरि हुन्छ । उच्च अदालतले उच्च प्रविधि अपनाएर एक पटक दोषि किटान गरिसकेका व्यक्तिलाई समेत मृत्युदण्ड पश्चात समेत निर्दोष पाईएको संसारको थुप्रै ईतिहास छ ।
सन् १९७३ यता अमेरिकामा दीईेएको मृत्युदण्डको सूची मध्ये २०० जना मृत्युदण्ड पछि निर्दोष भेटिएको ” https://deathpenaltyinfo.org/policy-issues/innocence ” ले जनाएको छ । तथ्य जांच गर्नेकि तथ्य जांच नेपालमा कसले गर्ने ? पछि निर्दोष फेला परे त्यो मान हनिको क्षतिपूर्ति विगो कसले दिने । दोषि नै ठहरे पनि उसको तस्वीर सार्वजनिक गर्नु कानुनत मानवधिकार विरोधि हो । अदालतले समेत जस्तो सुकै अपराध प्रमाणित भए पनि उसको व्यक्तिगत मानव अधिकार भने सुरक्षित गरेको हुन्छ ।
यस सन्दर्भमा तथ्यजांचले दोषि भनेर सर्वजनिक गरेका अनुहारहरुको कसले जवाफ देहिता लिने ? यो त एक उदाहरण मात्र हो । केहि राम्रा कार्यको त समर्थन र सहयोग गर्नु पर्छ । ती एकाध भएको पनि देखिन्छ । तर रिसीबि सांध्ने , इर्ष्या र कमाउ धन्दाको पत्रकारिता बढी हावि हुंदा भविष्यमा यस्ता थुप्रै असल अत्माहरुको निर्मम हत्या हुन सक्ने देखिन्छ । यहाँ बुढी मरि, भन्दा पनि काल पल्क्यो भन्ने कुरा बढी महत्वपूर्ण हो । तसर्थ नेपाली पाठक र जनताले संचार स्वतन्त्रताको नाममा गरिने अश्वस्थ पत्रकारिता प्रति वेलैमा सचेत हुनु जरुरी छ । आम संचारको मूल महत्व, असल पत्रकारिताको सम्मान र साख जोगाउंन पनि यस्ता गलत गतिविधि प्रति सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।
प्रतिक्रिया