सरकार सत्ता पक्षले सडकमा प्रदर्शन गरेको कसैलाई थाहा छ ?

इनेप्लिज २०८१ मंसिर ७ गते २२:५८ मा प्रकाशित

सरकार सत्ता पक्षले सडकमा र सरकार पक्षका युवा संघले सडकमा गएर आन्दोलन र प्रदर्शन गरेको कसैलाई थाहा छ ? सडकमा मुठभेड र भिडन्त गराउने षड्यन्त्र छ ।

विश्वमा कहिँ कतै नभएको नौलो कुराहरू र घटनाहरु हाम्रो मुलुकमा हुन्छ्न । विश्वमा प्रतिपक्षले आन्दोलन गरेको कुरा सबैलाई थाहा छ तर सरकार सत्ता पक्षले सडकमा र सरकार पक्षका युवा संघले सडकमा गएर आन्दोलन र प्रदर्शन गरेको कसैलाई थाहा छ ? विक्रम सम्वत २०८१ साल मंसिर ७ गते दुर्गा प्रसाईंले गर्ने भनेको आन्दोलन र प्रदर्शनकै दिन एमालेका नेता सरकार पक्षको नेतृत्व गरिरहेका प्रधानमन्त्री के पी शर्मा ओली सरकार पक्ष अर्थात सरकारमा सहभागी भएका दलका नेताहरूले एमाले निकटको युवा संघलाई जनप्रदर्शन गर्न भनी उक्साएका छन । यथार्थमा दुईवटा प्रदर्शनकारी र आन्दोलनकारी समुह बीच मुलुकमा मुठभेड गराउनलाई नै सरकारमा रहेका सत्ता पक्षले उक्साएको छ ।

दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि विक्रम सम्वत २०८० साल मंसिर ७ गते गतसाल पनि एमाले निकटको युवा संघ दुर्गा प्रसाईं विरुद्ध खनिएको थियोे । दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्ने दिन युवा संघले पनि प्रदर्शन गरेपछि मुठभेडको सम्भावना बढेको थियोे ।

विक्रम सम्वत २०८१ साल मंसिर ७ गते युवा संघ र दुर्गा प्रसाईं समूह बीच मुठभेड भयो भने र काठमाडौं केन्द्रित आन्दोलनमा कुनै दुर्घटना भयो भने सरकारको जिम्मेवारी हुने छ । सरकारमा सहभागी भएका दलका नेताहरूले मुठभेड र दुर्घटनाको जिम्मेवारी लिनुपर्ने हुन्छ । सरकार सत्ता पक्ष अर्थात सरकारमा सहभागी दलका नेताहरूले जानीजानी मुठभेड गराउन युवा संघलाई जनप्रदर्शनमा उतार्न खोजेको किन ?

विरोध गर्ने भन्ने कुरा सकारात्मक र नकारात्मक दुवै हुन्छ । तर विरोध गर्नेहरुले विरोध गरे किन सकारात्मक ढंगले बुझ्न आवश्यक छ । राजतन्त्र र सैनिकले शासनलाई निरंकुश र तानाशाहको भन्नेहरुले प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थामा विरोध नै गर्न नपाईने हुन्छ ? प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थामा दमन र हस्तक्षेप गर्न लगाउँछ्न किन ? विरोध गर्न पाउनुपर्ने पनि अधिकार हो । विरोध गर्न पनि रोकतोक गर्न पाइन्छ ?

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया