अब दलीय व्यवस्था जान्छ । केही दिनमा कसै न कसैको सम्बोधन आउने संकेत !

इनेप्लिज २०८१ मंसिर ६ गते ११:४९ मा प्रकाशित

मुलुकमा दलीय व्यवस्थाको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, ६०१ जना सभासद, ८८४ जना सांसदले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान, नियम, ऐन र कानुनको सदुपयोग नगरेकोले प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको पटकपटक दुरुपयोग गरेकोले अब दलीय व्यवस्था जान्छ धेरै दिन टिक्दैन । केही दिन र केही महिना भित्र कसै न कसैको सम्बोधन आउने संकेत ।

हाम्रो मुलुकमा नयाँ नयाँ कुरा गरिन्छ । विश्वमा प्रतिपक्षले आन्दोलन गरेको कुरा सबैलाई थाहा छ तर सरकार सत्ता पक्षले सडकमा र सरकार पक्षका युवा संघले सडकमा गएर आन्दोलन र प्रदर्शन गरेको कसैलाई थाहा छ ? विक्रम सम्वत २०८१ साल मंसिर ७ गते दुर्गा प्रसाईंले गर्ने भनेको आन्दोलन र प्रदर्शनकै दिन एमालेका नेता सरकार पक्षको नेतृत्व गरिरहेका प्रधानमन्त्री के पी शर्मा ओली सरकार पक्षले अर्थात सरकारमा सहभागी भएका दलका नेताहरूले एमाले निकटको युवा संघलाई जनप्रदर्शन गर्न भनी उक्साएका छन ।

दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि विक्रम सम्वत २०८० साल मंसिर ७ गते गतसाल पनि एमाले निकटको युवा संघ दुर्गा प्रसाईं विरुद्ध खनिएको थियोे । दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्ने दिन युवा संघले पनि प्रदर्शन गरेपछि मुठभेडको सम्भावना बढेको थियोे ।

विक्रम सम्वत २०८१ साल मंसिर ७ गते युवा संघ र दुर्गा प्रसाईं समूह बीच मुठभेड भयो भने र काठमाडौं केन्द्रित आन्दोलनमा कुनै दुर्घटना भयो भने सरकारको जिम्मेवारी हुने छ । सरकारमा सहभागी भएका दलका नेता
हरूले मुठभेड र दुर्घटनाको जिम्मेवारी लिनुपर्ने हुन्छ । सरकार सत्ता पक्ष अर्थात सरकारमा सहभागी दलका नेताहरूले जानीजानी मुठभेड गराउन युवा संघलाई जनप्रदर्शनमा उतार्न खोजेको किन ?

विरोध गर्ने भन्ने कुरा सकारात्मक र नकारात्मक दुवै हुन्छ । तर विरोध गर्नेहरुले विरोध गरे किन सकारात्मक ढंगले बुझ्न आवश्यक छ । प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थामा विरोध नै गर्न नपाईने हुन्छ ? विरोध गर्न पाउनुपर्ने पनि अधिकार हो । विरोध गर्न पनि रोकतोक गर्न पाइन्छ ?

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, ६०१ जना सभासद, ८८४ जना सांसदले मुलुकको हित र जनहित हुने संतोषजनक काम कुनै पनि गरेनन । आफनो हित र दाइ, भाई, काका, काकी, मामा, माइजु, भतिज, भतिजी, छोरा, छोरी र ज्वाईं लगायत पारिवारिक हित हुने काम मात्र गरे । मुलुकलाई निकास दिन सत्ता पक्ष र प्रतिपक्ष भन्ने राज्यकोष ढुकुटी दुरुपयोग तथा भागबन्डामा सबैको सहमति हुने गर्दछ ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, ६०१ जना सभासद, ८८४ जना सांसदले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान, नियम, ऐन र कानुनको धेरै पटक दुरुपयोग गरेकोले र प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको धज्जी उडाएकोले अब दलीय व्यवस्था जान्छ धेरै दिन टिक्दैन । केही दिन र केही महिना भित्र कसै न कसैको सम्बोधन आउने संकेत ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया