अनेसास डी. सी.च्याप्टरका सबै पदाधिकारी निर्विरोध निर्वाचित , अध्यक्षमा नीलकण्ठ सुवेदी

इनेप्लिज २०८१ मंसिर १ गते २१:४४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज डी. सी. मेट्रो च्याप्टर कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम दिन गत बुधबार, नोभेम्बर १३ साँझ ६ बजेसम्म देहायका आजीवन सदस्यहरुबाट उम्मेदवारीको रितपूर्वक आवेदन परेको र अध्यक्षदेखि कोषाध्यक्ष पदसम्म कुनै पनि पदमा एकभन्दा बढी उम्मेदवारको दरखास्त नपरेको तथा अनेसासको विधान सातौँ संशोधन २०२१, को व्यवस्थाअनुसार च्याप्टर कार्यसमितिका सदस्य पदमा बढीमा ११ जना निर्वाचित हुन सक्ने भए पनि सदस्य पदमा ६ जना उम्मेदवारको मात्र दरखास्त परेअनुसार गत बिहीबार, नोभेम्बर १४ मा दरखास्त परेका उम्मेदवारको पहिलो सूची प्रकाशित गरी हिजो शुक्रबार नोभेम्बर १५ को साँझ ५ बजेसम्म दावीविरोधका लागि समय दिइकामा कसैको दावीबिरोध नभएको निर्वाचन समितिले जानकारी गराएको छ । 

समितिका अनुसार यही नोभेम्बर २०, बुधवार निर्वाचन कार्यक्रम भए पनि कुनै पनि पदमा एकभन्दा बढीको उम्मेदवारी नपरेका कारण निर्वाचन गर्न नपर्ने गरी तपसिलका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको जनाइएको छ । निर्वाचन प्रक्रियालाई सहज बनाउन सहयोग गर्ने सबै पक्षलाई निर्वाचन समितिले धन्यवाद ज्ञापन गरेको छ । 

प्रतिक्रिया