चीनको एक व्यावसायिक महाबिद्यालय (कलेज)मा छुरा प्रहार हुँदा आठ जनाको मृत्यु,१७ जनालाई घाइते

इनेप्लिज २०८१ मंसिर १ गते २२:०४ मा प्रकाशित

पूर्वी चीनको एक व्यावसायिक महाबिद्यालय (कलेज)मा छुरा प्रहार हुँदा आठ जनाको मृत्यु भएको छ । त्यस्तै छुरा प्रहारबाट १७ जना घाइते भएका छन् ।

पूर्वी जिआङ्सु प्रान्तको वुशी शहरको भाग यिक्सिङस्थित वुसी भोकेशनल कलेज अफ आर्ट्स एन्ड टेक्नोलोजी(कला तथा व्यावसायिक महाबिद्यालय)मा चक्कु प्रहार भएको थियो।

पूर्वी चीनको एक व्यावसायिक महाबिद्यालय(कलेज)मा शनिबार एक पूर्व विद्यार्थीले छुरा प्रहार गरी आठ जनाको हत्या गर्नुका साथै अन्य १७ जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ । उक्त संदिग्ध व्यक्ति आफ्नो स्नातकको प्रमाणपत्र नपाएको र परीक्षामा अनुत्तीर्ण भएकोमा रिसाएको बुझिएको छ ।

संदिग्ध व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार संदिग्ध परीक्षामा अनुत्तीर्ण भएपछि र स्नातकको प्रमाणपत्र नपाएको र असन्तुष्ट भएपछि अरूलाई आक्रमण गरेको एक विज्ञप्तिमा भनिएको छ । हाल घाईतेहरुको उपचार र घटनाको अनुसन्धान भईरहेको छ ।

यो घटना दक्षिणी शहर झुहाईमा भएको सामूहिक हत्याको केही दिन पछि आएको हो । जसमा एक चालकले खेलकुद केन्द्रमा आफ्नो गाडी (कार ) लाँदा ३५ जनाको मृत्यु भएको थियो भने ४३ जना गम्भीर घाइते भएका थिए।

प्रतिक्रिया