निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार आफ्नो अभियानकी प्रेस सचिव क्यारोलिन लेभिटलाई आफ्नो व्हाइट हाउसको प्रेस सचिवमा नियुक्त गरेका छन् । २७ वर्षीय लेभिट हाल ट्रम्पको संक्रमणकालका इतिहासमा सबैभन्दा कान्छो उमेरकी ह्वाइट हाउस प्रेस सचिव हुने छिन् ।
यसअघि रोनाल्ड जिग्लरलाई १९६९ मा रिचर्ड निक्सनको प्रशासनमा पद ग्रहण गर्दा उनि २९ वर्षका थिए।
“क्यारोलिन लेभिटले मेरो ऐतिहासिक अभियानमा राष्ट्रिय प्रेस सचिवको रूपमा अभूतपूर्व काम गरिन् , र ,म उनलाई ह्वाइट हाउसको प्रेस सचिवको रूपमा काम गर्ने घोषणा गर्न पाउँदा खुसी छु,” ट्रम्पले एक विज्ञप्तिमा भने।
लेभिटले सामाजिक संजाल एक्स मार्फत राष्ट्रपति ट्रम्पलाई विश्वास गर्नु भएकोमा धन्यबाद दिएकी छिन् । उनि अमेरिकाको न्यु ह्याम्पशरकी हुन् ।
ट्रम्पको पहिलो कार्यकालमा लेभिटले व्हाइट हाउसको प्रेस कार्यालयमा काम गरेकी थिइन् । त्यसपछि उनी न्यूयोर्कका रिपब्लिकन एलिस स्टेफानिकका लागि सञ्चार निर्देशक भइन् ।
प्रतिक्रिया