अमेरिकाको जर्जिया राज्यमा छोरा एक्लै हिँडेको खबर पाएपछि प्रहरीद्वारा आमा पक्राउ

इनेप्लिज २०८१ मंसिर १ गते १२:४८ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यमा छोरा एक्लै हिँडेको खबर पाएपछि प्रहरीहरुले आमालाई पक्राउ गरेका छन् । ४१ वर्षीया आमालाई पक्राउ गरी लापरवाह आचरणको आरोप लगाइएको छ ।

प्रहरी सहायकहरूले उनको १० वर्षीय छोरा उत्तर जर्जियाको घरबाट पसलमा झन्डै एक माईल हिँडेको बताए।

४१ वर्षीया ब्रिटनी प्याटरसनलाई अक्टोबर ३० मा प्रहरीहरूले गिरफ्तार गरेका थिए । बालकलाई पसलमा कसैले देखे पछि प्रहरीलाई खबर गरि दिएका थिए ।

प्याटरसनका छोरा सोरेन, अहिले ११ वर्षका छन् । परिवारको घरबाट उनलाई करिब एक माइल टाढा प्रहरीले फेला पारेका थिए । प्याटरसनले सोरेनलाई आफ्नो अर्को बच्चालाई चिकित्सकको भेटघाटमा लैजान छोडेको बताएकी थिइन् ।

गिरफ्तारी पक्राउ पूर्जीका अनुसार आमा प्याटरसनले जानीजानी आफ्नो किशोर छोराको शारीरिक सुरक्षालाई खतरामा पारेको दाबी गरेको छ। हाल जमानतमा छुटेकी प्याटरसनले लापरवाह आचरणको आरोपमा १ वर्ष कैद सजाय भोग्नुपर्ने एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया