इजरायलद्वारा दक्षिणी लेबनानको बेरुतस्थित हेजबुल्लाह क्षेत्रमा तेस्रो दिन पनि आक्रमण, ५ जनाको मृत्यु

इनेप्लिज २०८१ कार्तिक २९ गते १२:३५ मा प्रकाशित

इजरायलले दक्षिणी लेबनानको बेरुतस्थित हिजबुल्लाह क्षेत्रमा तेस्रो दिन पनि आक्रमण गरेको छ ।

इजरायली सेनाले बेरुत र दक्षिणी लेबनानमा हेजबुल्लाह-नियन्त्रित क्षेत्रहरूमा हवाई आक्रमणको तेस्रो दिन सुरु गरेको छ । रातभरिको बमबारी पछि बेरुतको दक्षिणी उपनगरहरूमा बिहीबार बिहान हमलाहरू भएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले बेरुत र बिन्ट जबेलमा व्यापक क्षति र बाजोरीह र जुमाजिमाहमा पाँच जनाको मृत्यु भएको जनाएको छ।

अक्टोबर ७ देखि, लेबनानमा इजरायली आक्रमणमा कम्तिमा ३,३६५ जना मारिएका छन् भने १४ ,३४४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया