राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प बीट ह्वाइट हाउसमा भेटघाट भएको छ ।
बाइडेनले स्वागत गर्दै सरल रुपमा सत्ता हस्तान्तरण गरिने बताए । ट्रम्पले पनि स्वागत गरे पछि बाइडेनलाई धन्यवाद दिए।
वाइडेन र ट्रम्प बीच लामो समय पछि हस्त मिलाप भएको हो भने दुवै जना प्रफुल्ल मुद्रामा थिए।
ट्रम्प र बाइडेनबीच भेटमा राष्ट्रिय सुरक्षा र घरेलु नीतिबारे छलफल भएको ह्वाइट हाउसले जनाएको छ ।
बैठक महत्वपूर्ण र विचारको आदानप्रदान भएकोॅह्वाइट हाउसका प्रेस सचिव करिन जीन-पियरले बुधबार व्हाइट हाउसको पत्रकार सम्मेलनमा बताइन।
“उनीहरूले राष्ट्र र विश्वले सामना गरिरहेका महत्त्वपूर्ण राष्ट्रिय सुरक्षा र घरेलु नीतिका मुद्दाहरूमा छलफल गरे,” जीन-पियरले भनिन्।करिब दुई घण्टासम्म बैठक चलेको थियो।
प्रतिक्रिया