इलन मस्क र विवेक रामास्वामीले ट्रम्प प्रशासनको नयाँ ‘सरकारी दक्षता विभाग’ को नेतृत्व गर्ने

इनेप्लिज २०८१ कार्तिक २८ गते १:४४ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क र विवेक रामास्वामीलाई आफ्नो दोस्रो प्रशासनमा नयाँ “सरकारी दक्षता विभाग” को नेतृत्व गर्ने मंगलबार घोषणा गरेका छन् ।

“एकसाथ, यी दुई अद्भुत अमेरिकीहरूले मेरो प्रशासनलाई सरकारी कर्मचारीतन्त्रलाई ध्वस्त पार्ने, अतिरिक्त नियमहरू घटाउने, अनावश्यक खर्च कटौती गर्न र संघीय संस्था(एजेन्सी)हरूको पुनर्संरचना गर्न मार्ग प्रशस्त गर्नेछन्।”ट्रम्पले एक विज्ञप्ति जारी गर्दै उनीहरुको प्रशंसा र गर्व गरेका छन् ।

सरकारी दक्षता विभाग अमेरिकी सरकारको संघीय निकाय हुनेछैन तर “सरकार बाहिर” सल्लाह र मार्गदर्शन प्रदान गर्नेछ ।

“संरचनात्मक सरकारी सुधारलाई चलाउ व्हाइट हाउस र व्यवस्थापन र बजेट कार्यालयसँग साझेदारी गर्नेछ,” ट्रम्पले भने। नवनिर्वाचित राष्ट्रपतिले यस नयाँ विभागलाई कसरी वित्त पोषण गर्ने विस्तृत विवरण नदिएको एबिसीन्यूजले जनाएको छ ।

“म इलन र विवेकको दक्षतामा संघीय कर्मचारीतन्त्रमा परिवर्तनहरू गर्ने र एकै समयमा सबै अमेरिकीहरूको जीवनलाई राम्रो बनाउने अपेक्षा गर्दछु,” ट्रम्पको बिज्ञप्तिमा भनिएको छ ।

ट्रम्पले नयाँ विभागले सरकारी खर्चको ६.५ खरव( ट्रिलियन)डलर भित्र रहेको “ठूलो व्यय र ठगी ” लाई लक्षित गर्ने बताएका छन्।

प्रतिक्रिया