किन चुप छौ हामी सबैले आवाज उठाउँनु पर्छ
यो मुलुकलाई मुलुक बनाएर देखाउनु पर्छ
लिपुलेक,सुस्ता ,नेपालका भु भाग गुम्न दिन हुन्न
वीर पुर्खाहरुको शिर झूक्न दिन हुन्न
राष्ट्रवादी देशभक्त नागरिक हो अब जाग्नुपर्छ
कालापानी ,लिपुलेक,लिम्पियाधुरालाई जोगाउनु पर्छ
यो देशको लागि सबै एक जुट भएर उठ
काङ्गडा,सतलज,दार्जिलिङ र टिष्टा सम्म पुग्नलाई जुट
मेरो निधारमा यो माटाेको टीका लगाउ
यो देशको लागी सबै एक भएर आउ
सिमा अतिक्रमण गर्नेलाई छोडनु हुँदैन
यो देशको महान इतिहास भुल्नु हुदैन
किन चुप छौ हामी सबैले आवाज उठाउँनु पर्छ
यो मुलुकलाई मुलुक बनाएर देखाउनु पर्छ
लिपुलेक,सुस्ता ,नेपालका भु भाग गुम्न दिन हुन्न
वीर पुर्खाहरुको शिर झूक्न दिन हुन्न
लेखक : गोबिन्द राज ओझा (राजन )
प्रतिक्रिया