हंगेरीमा हराएकी अमेरिकी महिला पर्यटकको हत्या, हत्याका अभियुक्त पक्राउ ,संदिग्धद्वारा”के सुँगुरहरूले साँच्चै लाशहरू खान्छ?” गुगलमा खोज

इनेप्लिज २०८१ कार्तिक २६ गते १२:१२ मा प्रकाशित

हंगेरीमा हराएकी एक महिला अमेरिकी पर्यटकको हत्या भएको छ भने हत्याका अभियुक्तलाई पक्राउ गरिएको प्रहरी बताएको छ । एबिसीन्यूजका अनुसार ३१ बर्षिय म्याकेन्जी मिकाल्स्कीलाई अन्तिम पटक गत मंगलबार बिहानबाट उनका साथीहरूले सन्देश आदान प्रदान भएको बताएका छन् ।

केही दिनदेखि हराइरहकी ३१ वर्षीय अमेरिकी पर्यटकको हंगेरीमा हत्या भएको छ उनको हत्याको आरोपमा एकजना संदिग्धलाई पक्राउ गरिएको अधिकारीहरूले शुक्रबार बताए ।

म्याकेन्जी “केन्जी” एक स्वास्थ्य परिचारिका (नर्स )पेशामा थिइन् । अन्तिम मङ्गलबार बिहान देखि बुडापेस्ट भ्रमण गर्दा उनका साथीहरुका अनुसार उनिसँग सम्पर्क भएको र त्यस पछि उनि बेपत्ता भएकी थिइन् ।

बुडापेस्ट प्रहरीका अनुसार मंगलबार एक नाइटक्लब(रात्रीक्लब)मा रहेका बेला उनि बेपत्ता भएकी थिइन् । अन्वेषकहरूले उनलाई धेरै नाइटक्लबहरूमा देखेका एक व्यक्तिलाई पहिचान गरे ।

प्रहरीले ३७ बर्षिय एक संदिग्ध आयरिश नागरिकलाई गिरफ्तार गरिएको छ । संदिग्धले उनको हत्या गरेको स्वीकार गरेको प्रहरीले भने। उनले कथित रूपमा प्रहरीलाई उनको शव लुकाएको ठाउँ देखाएका थिए ।

अनुसन्धानकर्ताहरूले गत शनिबार पत्रकार सम्मेलनमा हत्याको बारेमा थप विवरण दिए ।

अमेरिकी र संदिग्ध एक नाइटक्लबमा भेटे र अन्य ठाउँहरूमा गएर रात बिताएका थिए । त्यसपछि तिनीहरू संदिग्धको भाडामा लिइएको आवासगृह (अपार्टमेन्ट)मा गए र संदिग्धले उनको हत्या गरे।

त्यसपछि अपराधीले हत्या लुकाउन खोजे त्यसैले उनले आफ्नो कोठाहरुसफा गरे । अमेरिकी पर्यटक महिलाको शव लुकाए र यात्रा सन्दुक (सुटकेस) किन्न गएका थिए।

त्यसपछि उनले पीडितको शव बाकसमा राखे र कार भाडामा लिए । त्यस पछि ताल बालाटन तर्फ लगेको प्रहरीले बताए । संदिग्धले कथित रूपमा पीडितलाई जङ्गलमा लुकाएका थिए । मिकाल्स्की ओरेगनमा बसोबास गर्ने एबिसीसम्बद्ध डब्लुकेबिडब्लुले जनाएको छ ।

संदिग्धले गुगलमा “के सुँगुरहरूले साँच्चै लाशहरू खान्छ?” खोज गरेका थिए ।

प्रतिक्रिया