कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परे

इनेप्लिज २०८१ कार्तिक २५ गते ११:५५ मा प्रकाशित

मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।

प्रहरीले विराटनगरस्थित निवासबाटै अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आइतबार कार्यालय खुलेलगतै अदालतबाट पक्राउ अनुमति लिएर अधिकारीलाई गिरफ्तार गरेको हो ।

पक्राउ परेका अधिकारीलाई प्रहरीले दिउँसो १ः५० को उडानबाट काठमाडौँ ल्याइयको छ ।

सरकारी कागजपत्र किर्ते गरेको आरोपमा मन्त्री अधिकारीसँगै जापान पुगेर फर्किएका तीन जना र नक्कली कागजपत्र बनाउन सहयोग गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको भए पनि अधिकारीमाथि अनुसन्धान नगरेपछि सरकारको आलोचना भएको थियो।

प्रतिक्रिया