४८ वर्षको अमेरिकी इतिहासमा कुनै पनि रिपब्लिकन दलका अन्य भन्दा ट्रम्पलाई धेरै अश्वेत मतदाताहरुद्वारा मतदान

इनेप्लिज २०८१ कार्तिक २४ गते १५:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई लगभग पचास वर्षमा कुनै पनि रिपब्लिकन दलका उम्मेदवारलाई भन्दा उनलाई धेरै अश्वेत मतदाताहरुले उनको पक्षमा मतदान गरेको सिएनएनले जनाएको छ ।

ट्रम्पको मतदाता आधार स्वेत तथा मजदुर वर्गका मानिसहरू नै रहेता पनि तर अस्वेत ,हिस्पानिक तथा प्रथम पटक मतदान गर्ने मतदाताहरू लगायत अन्य समूहहरूको संख्यामा भएको वृद्धिले उनलाई व्हाइट हाउससम्म दोश्रो पटक पुग्ने बाटो दिएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

सिएनएनका अनुसार राष्ट्रिय रूपमा उनले २०२० को तुलनामा ४५ वर्षभन्दा कम उमेरका अश्वेत पुरुषहरूमाझ आफ्नो समर्थन दोब्बर बनाए। यस उमेर समूहका १० मध्ये ३ जनाले उनलाई मतदान गरे। कूलमा २१ प्रतिशत अश्वेत पुरुषहरूले ट्रम्पलाई मतदान गरे जुन २०२० मा भन्दा २ प्रतिशत बढी थियो।

यो परिवर्तनले नर्थ क्यारोलाइना र जर्जिया जस्ता रणभूमि (युद्धभूमि )राज्यहरूमा ट्रम्पले अग्रता लिए । जहाँ उनको अस्वेत मतको अंश २०२० को स्तरमा ५ प्रतिशतले बढ्यो।

निश्चित रुपमा अस्वेत महिलाहरूले उपराष्ट्रपति कमला ह्यारिसलाई भारी मत दिए । गर्भपतनको चरम विवाद तथा चिन्ताको अतिरिक्त ट्रम्पले धेरै अस्वेत पुरुष तथा स्वेत महिलाहरूलाई जित्न सफल भए।

प्रतिक्रिया