४५ औ राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ४७ औ राष्ट्रपति पदमा बिजयी भएका छन् । गत बुधबारनै उनि विजयी भएको घोषणा भएको हो । सबैले परिकल्पना गरेको भन्दा ज्यादै फराकिलो अङ्क हासिल गर्दै ह्यारिसलाई मिसिगन र विस्कनसिन राज्यहरुमा सहित आफ्नो पक्षमा परे । जो कसैले यस्तो होला भन्ने परिकल्पना गरेका थिएनन् । सन् २०२० को तुलनामा कमला ह्यारिसलाई राष्ट्रपति जो बाइडेन ज्यादा मतदान गरेका थिए ।
यस बर्ष ट्रम्पलाई पनि सन् २०२० को तुलनामा अझै कम मत प्राप्त भएको छ । बाइडेनले सन् २०२० मा ८ करोड १२ लाख र ट्रम्पले कूल मत ७ करोड ४२ लाख प्राप्त गरेका थिए । बाइडेन जति मत ह्यारिसले पाएकी भए उनले बाजी मार्ने थिइन् तर त्यसो भएन ट्रम्पले पासा पल्टाई दिए।
उक्त रणभूमि ७ वटा राज्यमा अत्यन्तै प्रतिस्प्रद्धा रहेता पनि कम्तिमा दुवै उम्मेदवारहरुको भागमा आधा आधा या ४-३ या ५ -२ राज्य पर्ने अपेक्षा गरिएको थियो । उदाहरणको रुपमा मिसिगन र विस्कनसिन राज्य प्राय डेमोक्र्याटहरुले जित्ने राज्य हो । तर यस पटक पनि पासा पल्टियो । सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराए झैँ ह्यारिसलाई ट्रम्पले हराए । सन् २०१६ मा कम अंकमा हराएका थिए भने यस पटक अलिक ज्यादा अङ्क आफूले बटुल्दै ट्रम्पले ह्यारिसलाई हराए ।
यी ७ वटा राज्यहरुमा के इलन मस्कको साथ र सहयोगले ४७ औ राष्ट्रपति बनेका हुन् त ? निश्चित पनि ,यी सात वटै राज्यहरुमा मस्कको ठुलो भूमिका रहेको छ । ७ वटै रणभूमि स्विंग स्टेटको लागि दैनिक १० लाख डलर एक आवेदन भरेमा पुरस्कार दिने घोषणा गरे पछि त्यसले पनि फरक पार्यो । साथै यी राज्यहरुले कुनै पनि उम्मेदवारहरुलाई जिताउन सक्ने योगदान भएकोले यो बर्ष ट्रम्पलाई जिताए । साथै उनलाई अमेरिकी जनताको पुरै साथ रह्यो । ट्रम्पले राखेका मुद्धाहरुले आकर्षण गर्यो र उनीहरुले जिताए । यी दुई राज्यहरुमा सन् २०२० मा राष्ट्रपति जो बाइडेनले जितेका थिए ।
एरिजोना, जर्जिया, मिशिगन, नेभादा, पेन्सिलभेनिया,मिसिगन तथा विस्कन्सिन सबै ट्रम्पले जिते । अर्थात् ट्रम्पले यस चुनावमा सफलतापूर्वक सात वटा राज्यहरू पल्टाए।
सन् २०२० मा बाइडेनले जितेको पेन्सिलभेनिया राज्य ह्यारिस हारिन । यस चुनावमा जर्जिया पनि ट्रम्पले बाजी मारे । स्मरण रहोस, यो राज्य रिपब्लिकनको गढ हो । एक पटक बिल क्लिन्टनले १९९२ मा जिते पछि सन् २०२० मा जो बाइडेनले बाजी मार्न सफल भएका थिए । सन् २०२० मा बाइडेनले जर्जियामा ४९.५% मत प्राप्त गर्दै चुनाव जितेका थिए।
२०२० को चुनावमा बाइडेनले विस्कनसिन राज्यमा ४९.६% मत प्राप्त गर्दै चुनाव जितेका छन्। तर यस पटक ह्यारिस हारिन । सन् २०१६ मा मिशिगन क्लिन्टनलाई जित्ने पक्षमा थियो । यद्यपि, ट्रम्पले अप्रत्याशित रूपमा मिशिगनलाई ०.२३% को साँघुरो मतान्तरले जितेका थिए।
यस बर्षका महत्वपूर्ण रणभूमि राज्यहरु पेन्सिल्भेनिया, नेभादा ,नर्थ क्यारोलाइना ,जर्जिया,एरिजोना ,मिशिगन र विस्कन्सिन सबै ट्रम्पले बाजी मारे । अर्थात् सन् २०१६ मा हिलारी क्लिन्टनलाई जसरी हराए त्यसरी नै ह्यारिसलाई पनि हराई सबैलाई ट्रम्पले आश्चर्य पार्दै ४७ औ राष्ट्रपतिमा जीत हासिल गरे ।
प्रारम्भिक चुनाव गणनामा पेन्सिल्भेनिया, नेभादा ,नर्थ क्यारोलाइना ,एरिजोना ,मिशिगन र विस्कन्सिनमा ह्यारिसले अग्रता लिएकी थिइन् । तर मध्यरात पछि ट्रम्पले बिस्तारै अग्रता लिदै गए र शानदार जीत हात पारे ।
प्रतिक्रिया