अध्यावधिक गरिएको : मतगणना जारी ,ट्रम्पले १७७ र ह्यारिसले ९९ वटा निर्वाचक मत प्राप्त गर्ने

इनेप्लिज २०८१ कार्तिक २१ गते २:२८ मा प्रकाशित

अध्यावधिक गरिएको : मतगणना जारी ,ट्रम्पले १७७ र ह्यारिसले ९९ वटा निर्वाचक मत प्राप्त गर्ने अमेरिकामा समय फरक हुनाले थुप्रै राज्यहरुमा मतदान सकिएको छ भने केही राज्यहरुमा मतदान जारी रहेको छ । अमेरिकामा आमनिर्वाचन आज नोभेम्बर ५ मंगलबारका दिन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ भने निर्वाचनको मतगणना धमाधम जारी रहेको छ ।

न्यूयोर्क टाइम्स ,वाशिंगटन पोष्ट ,सिएनएनहरुले मतगणना सुरु हुदै गर्दा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ११७ वटा निर्वाचकीय मत अर्थात् इलेक्टोरल भोट प्राप्त गर्ने प्रक्षेपण गरेका छन् ।

यसैगरि कमला ह्यारिसले ९९ वटा निर्वाचक मत प्राप्त गर्ने प्रक्षेपण गरेका छन् । अमेरिकामा विभिन्न राज्यहरुमा १-३ घण्टाको समय फरक हुने हुनाले धमाधम मतदान सकिदै छ भने धमाधम नतिजा आई रहेका छन् ।

अमेरिकाको स्विङ्ग स्टेट अर्थात् रणभूमि राज्यहरुको निर्वाचन सकिदै छ भने धमाधम गणना हुदैछ । अमेरिकाको पेन्सेल्भेनिया ,नर्थ क्यारोलाइना ,जर्जिया ,विस्कनसिन ,मिसिगन र एरिजोनामा जसले बाजी मार्छ उही नै ४७ औ अमेरिकी राष्ट्रपति बन्ने छ ।

तर पछिल्लो नतिजा हेर्दा रणभूमि राज्यहरु मध्ये मिसिगनमा ह्यारिस अगाडी छिन भने नर्थ क्यारोलाइनामा ट्रम्प अगाडी छन् । नर्थ क्यारोलाइना रिपब्लिकनको गढ भएकोले सन् २००८ मा मात्र बाराक ओबामाले डेमोक्र्याटिकको खाता खोलेका थिए । सन् २०२० मा राष्ट्रपति जो बाइडेन जितेको जर्जिया राज्यमा पनि ट्रम्प अगाडी छन् ।

त्यस्तै रणभुमि राज्य पेनसेलभेनियामा मतगणनामा अझै अगाडी छिन ।

प्रतिक्रिया