अमेरिकामा आज भै रहेको निर्वाचनको मतगणना सुरु भएको छ ।
प्रारम्भिक चरणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प इन्डिया ,केन्टकी राज्यमा बिजयी भएका छन्। ट्रम्पले ईन्डिया, केन्टकी र वेष्ट भर्जिनियामा गरि २३ निर्वाचक मत( इलेक्टोरल भोट) प्राप्त गरेका छन्।
यसैगरि कमला ह्यारिसले भर्मेन्टबाट ३ वटा निर्वाचक मत प्राप्त गरेकी छिन् । अमेरिकामा विभिन्न राज्यहरुमा १-३ घण्टाको समय फरक हुने हुनाले धमाधम मतदान सकिदै छ भने धमाधम नतिजा आउदै छन् ।
पत्रपत्रिकाले यी राज्यहरुमा दुवै उम्मेदवार ट्रम्प र ह्यारिसले जित्ने प्रक्षेपण गरेका छन् । ट्रम्पले यी राज्यहरुमा बिगतमा पनि जितेका थिए भने डेमोक्र्याटिक दलले भर्मन्ट प्राय सदैव जित्ने गरेको छ ।
प्रतिक्रिया