अमेरिकी संसद भवनका प्रहरीद्वारा बन्दुक तथा दीपिका (टर्च)बोक्ने एक व्यक्ति पक्राउ

इनेप्लिज २०८१ कार्तिक २० गते २३:०९ मा प्रकाशित

अमेरिकी युएस क्यापिटल अर्थात् संसद भवनका प्रहरीहरुले बन्दुक तथा दीपिका (टर्च)बोक्ने एक व्यक्तिलाई पक्राउ गरेका छन् । अमेरिकी क्यापिटल प्रहरीका अनुसार उनीहरूले संसद भवन (क्यापिटल)को आगन्तुक केन्द्रमा जाँच (स्क्रीनिंग)को क्रममा इन्धन जस्तो गन्ध आउने बन्दुक र टर्च(दीपिका )ल्याएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

संसद भवनका प्रहरी प्रमुख टम म्यान्जरका अनुसार उक्त व्यक्तिको लुगामा बन्दुक,दीपिका(लाइट) र दुईवटा सिसी (बोतल)हरू भेट्टाए जसमा पेट्रोल जस्तो पदार्थ फेला पारिएको थियो ।

संदिग्धसँग कागजातहरू थिए जसलाई उनले अधिकारीहरूलाई कांग्रेसलाई पठाउन चाहेको बताए। अनुसन्धानकर्ताहरूले उनको नियत के थियो भन्ने बारे पत्ता लगाउन काम गरिरहेका छन्। क्यापिटल प्रहरीका अनुसार उनी आफैंलाई आगजनी गर्न चाहन्थे या के गर्न चाहन्थे थाहा नभएको बताए ।

अधिकारीहरूलाई सूचना दिइएको थियो किनभने संदिग्धसँग डिसीमा गर्मीको मौशममा उनले भारी कपडा लगाएका थिए । डिसीमा दिउँसोको तापक्रम लगभग ७५ डिग्री थियो। प्रहरीले अनुसन्धान गरिरहेको बेला आगन्तुक केन्द्र भ्रमणका लागि बन्द गरिएको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया