उपराष्ट्रपती कमला ह्यारिसले आफूले अध्ययन गरेकै डिसीको हावर्ड विश्वविद्यालयमा आफ्नो चुनावी रात्री मुख्यालय बनाउने भएकी छिन् । वाशिंगटन डिसी स्थित ऐतिहासिक रूपमा स्थापित भएको अश्वेत महाबिद्यालय (कलेज)ले ह्यारिसको जीवनमा ठूलो भूमिका खेलेको छ।
आज नोभेम्बर ५ मंगलबार चुनावको राती उपराष्ट्रपति कमला ह्यारिस उनको अल्मा माटर, हावर्ड विश्वविद्यालयमा हुने छिन्। ह्यारिसले १९८६ मा हावर्डबाट स्नातक गरेकी थिइन् । जहाँ उनले अर्थशास्त्र र राजनीतिक शास्त्रको अध्ययन गरेकी थिइन् ।
प्रतिक्रिया