अमेरिका विभिन्न राज्यहरुका मतदानस्थलहरुमा बमको धम्की

इनेप्लिज २०८१ कार्तिक २० गते २०:१६ मा प्रकाशित

अमेरिकाको विभिन्न राज्यहरुका मतदान स्थलहरुमा बमको धम्की आएको एफबिआइले जनाएको छ । एफबिआइका अनुसार यी सबै धम्की रूसी बिधुतिय डाक (इमेल)बाट उत्पन्न भएको बताएको छ ।

एफबीआईले मंगलबार धेरै राज्यहरूमा मतदान स्थानहरूमा बम धम्की रूसी बिधुतिय डाक संजालक्षेत्रबाट उत्पन्न भएको देखिएको जनाएको छ । एफबिआइले धम्कीलाई कुनै पनि विश्वसनीय हुन् सक्ने निर्धारण नगरिएको बताएको छ ।

अमेरिकी गुप्तचर अधिकारीहरूले जर्जियामा चुनावको दिनमा बनाइएको गैर-विश्वसनीय बम धम्कीको सम्भावित स्रोतको रूपमा रूसी अन्तर्जाल प्रयोग गरी बिधुतिय डाक खाताको जाँच गरिरहेको सिएनएनले सबै भन्दा पहिले समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया