ट्रम्पद्वारा फ्लोरिडामा मेलानियासंगै मतदान ,कुनै हिंसा नहुने पत्रकारलाई उनको जवाफ

इनेप्लिज २०८१ कार्तिक २० गते १८:०५ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यमा मतदान गरेका छन् । पूर्व राष्ट्रपति आफ्नी पत्नी मेलानिया ट्रम्पसँग पाम बिच(शहर)को मतदान केन्द्रमा पुगेका थिए।

मतदान केन्द्रमा पुगेका पत्रकारहरुलाई जवाफ दिए । ट्रम्पले चुनावको दिन ‘कुनै हिंसा नहुने’ बताएका छन्।

उनले फ्लोरिडाको पाम बिचमा रहेको आफ्नो मतदान स्थलमा पत्रकारहरूलाई भने, “मैले उनीहरूलाई कुनै हिंसा हुनेछैन भनेर भन्नु पर्दैन।” “पक्कै पनि हिंसा हुनेछैन। मेरा समर्थकहरू हिंस्रक मानिसहरू होइनन्।

आफ्नी पत्नी मेलानिया ट्रम्पसँग देखा परेका ट्रम्पले पाम बिचमा करिब १५ मिनेट बोलेका थिए । उनले ठूलो अन्तरले जित्ने भविष्यवाणी गरे।

प्रतिक्रिया