अमेरिकामा आज भै रहेको आमनिर्वाचनमा नेपाली समुदायको अभूतपूर्व सहभागिता देखिएको छ । अमेरिकामा रहेका र नागरिकता लिएका अधिकांशले मतदान अग्रिम रुपमा मतदान गरेका छन् भने आज नोभेम्बर ५ मंगलबारका दिन हुदै गरेको आमनिर्वाचनमा सक्रिय सहभागिता जनाएका छन् ।
आज भै रहेको निर्वाचनमा अमेरिकाका विभिन्न राज्यहरुमा स्थानीय स्तरमा नेपाली मूलका केही उम्मेदवारहरु पनि रहेका छन् । नेपालीहरु उम्मेदवारीको कारण बिभाजनमा छन् ।
रिपब्लिकन दलका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प तथा डेमोक्र्याटिककी उपराष्ट्रपती कमला ह्यारिस दुवैको पक्षमा नेपालीहरु खुले आम मैदानमा उत्रिएका छन् । सामाजिक संजालमा पनि त्यतिकै बिरोध र समर्थनका टिका टिप्पणी गरि रहेका छन् ।
नेपालीमूलका प्रथम सांसद डा ह्यारी भण्डारी कमलालाई जिताउन अन्य राज्यको भ्रमणमा निस्केका छन् भने ब्यापक प्रचार प्रसारमा लागेका छन् । अमेरिकाको भर्जिनिया राज्य र क्यालिफोर्निया राज्यबाट नगर परिसद( सिटी काउन्सिल)को लागि परिसद सदस्य तथा नगर प्रमुखमा समेत उम्मेदवारी दिएका छन् । यस बर्ष अर्को नेपाली समुदायमा इतिहास कोरिने प्रवल सम्भावना रहेको छ ।
अन्य राज्यहरुमा बसोबास गर्ने नेपालीहरुलाई पुरै चुनावी ज्वरो आएकोले ब्यापक रुपमा आ-आफ्ना उम्मेद्वारहरुलाई जिताउन कुनै कसर छोडेका छैनन् ।
अमेरिकामा ३५ बर्ष अगाडी आएका भर्जिनिया साउथ राइडिंग निवासी बिश्वकीर्तिमानी गल्फ खेलाडी बिनोद थापा बेनले आज बिहानै मतदान गर्न पाएको हर्ष व्यक्त गरे । हामीले अमेरिकालाई राम्रो गर्न सक्ने उम्मेद्वारलाई जिताउनु हामी सबैको कर्तब्य भएको उनले ईनेप्लिजलाई बताए ।
उनि नेपाली मूलका यस्ता गल्फ खेलाडी हुन् जसले अमेरिकाको ५० वटा राज्यको ५० वटै राजधानी र बिश्वकै ५ वटै महादेशमा गल्फ खेली बिश्वकिर्तिमान गरेका छन् । तर गिनिज वर्ल्ड रेकर्डमा भने दाबी गरेका छैन । साथै बिश्वका ३ दर्जन भन्दा बढी अन्य राष्ट्रहरुको भ्रमण गरि गल्फ खेलेका छन् भने उनले यस बर्षको अक्टोबरमा श्रीलंका ,मलेसिया र इन्डोनेसियामा समेत गल्फ खेली अमेरिका फर्केका हुन् ।
बिश्वकीर्तिमानी गल्फ खेलाडी बिनोद थापा बारे जान्न यहाँ थिच्नु होला :
https://mygolfjourneybook.com/
https://www.youtube.com/@thegolfshow2.0
प्रतिक्रिया