रिपब्लिकनका उपराष्ट्रपति पदका उम्मेदवार भान्सद्वारा ओहायोमा मतदान

इनेप्लिज २०८१ कार्तिक २० गते १६:२५ मा प्रकाशित

रिपब्लिकनका उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्सले मंगलबार बिहान ओहायोमा मतदान गरेका छन् । उनले ओहायो राज्यको सिनसिनाटीमा नोभेम्बर ५ मंगलबारका दिन बिहान आफ्नो आम चुनावको मतदान गरे ।

भान्सलाई मतदान केन्द्र आफ्नो मतपत्र भर्दा पत्रकारहरुलाई भित्र हेर्न अनुमति थिएन, तर उनले आफ्नो मतदान गरे पछि बोलेका थिए।

उनले आफू र डोनाल्ड ट्रम्पलाई रिपब्लिकन टिकटको शीर्षमा मतदान गरेको बताए । उनले सिनेटरका उम्मेदवार बर्नी मोरेनोलाई पनि मतदान दिएको बताए ।

उनले आफुले जित्ने आशा भएको बताए । ओहायोमा चुनाव अगाडी नै २.५ मिलियन भन्दा बढी मतदाताहरूले भाग लिएका थिए ।

प्रतिक्रिया