दक्षिणी भारतका हिन्दूहरूले ह्यारिसको विजयको लागि प्रार्थना गरेका छन् ।
विश्वभरिका सबैको नजर अमेरिकी चुनावमा छ । दक्षिणी भारतका केही हिन्दू उपासकहरूले गत सोमबार उपराष्ट्रपति कमला ह्यारिसको विजयको लागि प्रार्थना गरे।
ह्यारिस भारतीय र जमैकन आप्रवासीकी छोरी हुन् । उनको आमाको जन्म तमिलनाडु राज्यमा भएको थियो । उनि विधा वारिधिको लागि अमेरिका आएकी थिइन् । ह्यारिसले चेन्नईमा आफ्ना हजुरबुबालाई भेट्न गएको बाल्यकालका सम्झनाहरू साझा गरेकी छिन् । उनको भारतीय सम्पदाले उनको जीवन र जीवनयात्रालाई कसरी प्रभाव पारेको छ भन्ने कुरा बताएकी छिन्।
“हाम्रो भारतीय तथा तमिल मूलकी कमला ह्यारिसले राष्ट्रपतिको चुनाव जित्नेछिन्, तमिलनाडुको मदुरै शहरका हिन्दू समूह संगठनका संस्थापक भने ।
श्रब्यदृश्य (भिडियो)मा ह्यारिसको अनुहार भएका ध्वजा (ब्यानर)हरू हिन्दू देवताहरूको मूर्तिहरूको छेउमा पूजारीहरुले पूजा गरि रहेको देखिएको छ ।
प्रतिक्रिया