आज अमेरिकामा आम निर्वाचन ,विश्वभरको नजर अमेरिकी चुनावमा मतदान सुरु

इनेप्लिज २०८१ कार्तिक २० गते १२:४४ मा प्रकाशित

आज अमेरिकामा आम निर्वाचनको चहल पहल सुरु भएको छ । विश्वभरको नजर अमेरिकी चुनावमा केन्द्रित रहेको छ भने सबैले आ-आफ्नै पक्षका उम्मेदवारले जित्ने अनुमान र अड्कल गरि रहेका छन् । तर आज हुदै गरेको राष्ट्रपतिको निर्वाचन इतिहासकै सर्वाधिक कडा प्रतिस्प्रद्धा मध्ये कै एक बनेको छ ।

उपराष्ट्रपती कमला ह्यारिस तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कसले सजिलै बाजी मार्ने हो भन्ने अझै स्पष्टसँग देखिएको छैन । कुनै उम्मेदवारले जित्ने भन्ने कुनै संचार माध्यमहरुले स्पष्ट धारणा राखेका छैनन् ।

दुवै दलले आफ्ना उम्मेदवारले जित्ने दाबी गरि रहेका छन् । धेरै प्रतिश्प्रद्धा नभएमा आज नोभेम्बर ५ राती सम्म नै बिजयी उम्मेदवारको घोषणा हुन् सक्ने छ । कडा प्रतिस्प्रद्धा भएमा नोभेम्बर ६ बुधबार सम्म कसले बाजी मार्यो भन्ने नतिजा आउन सक्ने छ ।

यसै बीच अमेरिकी निर्वाचन अधिकारीहरूले मानिसहरूलाई षड्यन्त्र सिद्धान्तबाट भ्रममा नपर्न आग्रह गरेका छन् ।

सन् २०२० मा मतदाता जालसाजीको झूटा दावी र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडीको बारम्बार आरोप लगाएकोले यस्ता आरोप र मिथ्या प्रचार प्रसारबाट सतर्कता हुन् आह्वान गरिएको छ ।

अमेरिकाभरका निर्वाचन अधिकारीहरूले विशेष गरी स्विङ स्टेट (युद्धभूमि )राज्यहरूमा मतदानको अखण्डतालाई कायम राख्ने वाचा गरेका छन् र मतदाताहरूलाई षड्यन्त्र सिद्धान्तहरूबाट भ्रममा नपर्न आग्रह गरेका छन्।

“जर्जियामा मत दिन सजिलो छ र धोका दिन गाह्रो छ,” जर्जियाका राज्य सचिव ब्राड राफेन्सपर्जरले सोमबार बताए । “हाम्रो प्रणाली सुरक्षित छ र हाम्रा मानिसहरू तयार छन्।”

अमेरिकाका विभिन्न राज्यहरुमा बिहान ६ बजे मतदान सुरु भएको छ । न्यू ह्याम्सर,न्यु जर्सी ,न्यूयोर्क र भर्जिनियामा ६ बजे सुरु भएको छ । त्यस्तै ओहायो ,नर्थ क्यारोलाइना ,वेस्ट भर्जिनिया भर्मन्टमा ६:३० बजे सुरु भएको छ । अलाबामा ,डेलावेयर, वासिङ्टन, डीसी ,फ्लोरिडा ,जर्जिया र इलोनोइसमा ८ बजे मतदान सुरु हुनेछ ।

क्यान्सस ,मेरील्याण्ड ,म्यासाचुसेट्स मिशिगन,मिजौरी ,पेन्सिलभेनिया ,रोड आइल्याण्ड र साउथ क्यारोलाइनामा ८ बजे मतदान सुरु हुनेछ ।

प्रतिक्रिया