बिश्वकै सर्वाधिक धनाढ्य इलन मस्कले दैनिक रुपमा वितरण गर्दै आएको १ मिलियन (१० लाख डलर ) वितरण गर्न मिल्ने न्यायाधिशले फैसला सुनाएका छन् । न्यायधिशले उक्त पुरस्कार नोभेम्बर ५ मंगलबारका दिन सम्म मात्र भएकोले त्यस पनि अन्त्य हुने भएको छ ।
फिलाडेल्फियाका न्यायाधीश एन्जेलो फोग्लिएटाले फिलाडेल्फियाका जिल्ला वकिल ल्यारी क्रासनरको तर्कलाई अस्वीकार गरे । क्रासनरले पुरस्कारहरु अवैध चिट्ठा हो जसले राज्यको कानूनको उल्लङ्घन गरेको र तुरुन्तै रोकिनुपर्छ भनि तर्क गरेका थिए । तर न्यायाधिशले नोभेम्बर ५ का दिनमा अन्त्य हुने हुनाले इलन मस्कको पक्षमा निर्णय सुनाए ।
१ मिलियन डलर अर्थात् १० लाख डलरको उक्त पुरस्काहरु अमेरिकाका सबै स्विङ्ग स्टेट (युद्धभूमि राज्य)हरूमा बसोबास गर्ने मानिसहरुले मस्कको याचिकामा हस्ताक्षर गरे पछि भाग्यशालीले पुरस्कार प्राप्त गर्दै आएका छन् । र इलन मस्कले पनि पुरस्कार वितरण गर्दै आएका छन् ।
उनको यो विवादस्पद पुरस्कार बिरुद्ध अमेरिकी न्याय बिभाग पनि गैर कानुनी भन्दै पछि लागेको छ भने फिलाडेल्फियाले मुद्धा दायर समेत गरेको थियो ।
मस्कले अक्टोबर २० मा आफ्नो सामाजिक संजाल एक्समा याचिका भरेमा भाग्यशालीले १ मिलियन डलर जित्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया