अमेरिकी राष्ट्रपति जित्नको लागि अमेरिकाको सर्वाधिक महत्वपूर्ण स्विंग स्टेट (युद्धभूमि)राज्य पेन्सेल्भेनियामा आज अन्तिम पटक चुनावी प्रचार प्रसारमा कमला ह्यारिस पुग्ने भएकी छिन् । दुवै उम्मेदवारहरु ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यो राज्यमा जसरी पनि बिजयी हासिल गर्ने लक्ष्यमा छन् । ४ बर्ष अगाडी राष्ट्रपति जो बाइडेनले यो राज्य जितेका थिए ।
सन् २०१६ मा हिलारी क्लिन्टनलाई ट्रम्पले हराएका थिए । कुनै पनि हालतमा यो राज्य दुवैको लागि त्यतिकै महत्वपूर्ण छ । दुवै उम्मेदवारहरुले यो राज्यमा कैयौ पटक भ्रमण गरि सकेका छन् । यो राज्यमा जित्नेले राष्ट्रपति पदमा पनि जित्न केही मद्धत गर्ने भएकोले ह्यारिसको साथमा अमेरिकी गायिका लेडी गागा र पुर्टो रिकोका गायक रिकी मार्टिन पेन्सिलभेनियामा आउने भएका छन् ।
पुर्टो रिको अमेरिकाको क्षेत्र हो । ह्यारिस अभियानका अनुसार, नोभेम्बर ४ मा फिलाडेल्फियामा साँझको आमसभा (र्याली)मा डीजे कासिडी, फ्याट जो, फ्रिवे र जस्ट ब्लेज, लेडी गागा, डीजे ज्याजी जेफ, रिकी मार्टिन, द रुट्स, जाजमिन सुलिवान र एडम ब्ल्याकस्टोन, र ओप्रा विन्फ्रे सामेल हुने भएका छन् ।
त्यस्तै ह्यारिस पनि सोमबार साँझ पिट्सबर्गमा डी-नाइस, केटी पेरी र एन्ड्रा डेसँग सामेल हुने भएकी छिन ।
प्रतिक्रिया