वुडसाईड, न्युयोर्क, नोभेम्बर २, २०२४::

इनेप्लिज २०८१ कार्तिक १८ गते १२:३६ मा प्रकाशित

गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालयमा आज बेलुका ६ बजे कान्तिपुर टिभी एंव रेडियो कान्तिपुरका सिईओ श्री शिशिर पछाईलाई यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले खादा लगाई स्वागत गर्नु भयो। सिईओ श्री शिशिर पछाई सॅंगको भेटघाटमा समसामयिक विषयहरुमा छलफल भएको थियो।

उक्त भेटघाट एंव स्वागत कार्यक्रममा यसै फाउण्डेशनका उपाध्यक्ष शुवर्ण लामा, डिजिटल ब्रिजेज्स फर नेपालका सहायक बोर्ड निर्देशक निक स्टेबेन, सारीको अन्तर्राष्ट्रिय संग्रहालयकी निर्देशक अश्वीनी पर्साउद, टाईम फर चेन्ज चाईनिज मेगाजिनकी उपाध्यक्ष जि सिसी, १८औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर दिनेस सुनार पार्कर, ने.का. युवा नेता श्री राम खतिवडा लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको शुरूवात गर्दै अध्यक्ष घिमीरेले आफ्नाो टीमका सदस्यहरूको परीचय गराई वहाँलाई फाउन्डेशनमा स्वागत गर्नुको उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो।वहाँले फाउन्डेशनले विशुद्ध सामाजिक गतिविधी गर्दै आएको र स्थापनादेखी कोरोनाकहरको डरलाग्दो अवस्थादेखी हालसम्म गर्दैआएका सामाजिक गतिविधिवारे प्रष्ट पार्नुभएको थियो।

जिपी कोईराला फाउन्डेशन अमेरीकाको न्यानो आतिथ्यका साथै छोटो मिठो भेटघाटमा केही समसामयीक विषयमा महत्वपुर्ण छलफल साथै विचार आदानप्रदान गर्ने अवसरमा दिनु भएकोमा सिईओ श्री शिशिर पछाईले फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे र उपस्थित सबैलाई हार्दिक आभार प्रकट गर्नु भयो।

सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले नेपाल अमेरिकाबीच आपसी सहयोग र सम्बन्ध प्रगाढ रहेको बताउँदै आगामी दिनहरूमा अझ सुमधुर रहोस भन्ने चाहना रहेको बताउॅंदै उपस्थित सबैलाई धन्यवाद प्रकट गर्नु भयो।

प्रतिक्रिया