आर्नोल्डले गरे कमला ह्यारिसलाई समर्थन,म रिपब्लिकन हुनु अघि सधैं एक अमेरिकी हुनेछु

इनेप्लिज २०८१ कार्तिक १५ गते १९:४० मा प्रकाशित

रिपब्लिकन क्यालिफोर्नियाका पूर्व गभर्नर आर्नोल्ड श्वार्जनेगरले बुधबार सामाजिक सञ्जाल मार्फत कमला ह्यारिसलाई समर्थन गरेका छन् ।

म रिपब्लिकन हुनु अघि सधैं एक अमेरिकी हुनेछु, श्वार्जनेगरले सामाजिक संजालमा लेखेका छन् । त्यसैले, यो हप्ता, म कमला ह्यारिस र टिम वाल्जलाई मतदान गर्दैछु।”

श्वार्जनेगर बर्षौंदेखि पूर्व राष्ट्रपति ट्रम्पको कट्टर आलोचक आलोचक हुन् । ह्यारिसलाई समर्थन गर्ने श्वार्जेनेगरको निर्णय २०११ मा पद छोडेपछि राष्ट्रपति पदको उम्मेदवारको लागि यो दोस्रो अनुमोदन हो । उनले २०१६ मा ओहायोका पूर्व गभर्नर जोन कासिचलाई त्यस वर्षको रिपब्लिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा अनुमोदन गरेका थिए ।

“म आफ्नो विचार साझा गर्न लजाउँदिन, तर म राजनीतिलाई घृणा गर्छु र धेरैजसो राजनीतिज्ञहरूलाई विश्वास गर्दिन,” उनले सामाजिक संजालमा दनक दिए ।

ट्रम्पले विभाजित गर्ने र उनले अपमान गर्ने उनले बताए ।

प्रतिक्रिया