प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले आज संघीय राजधानी काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ ।
केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले आज काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेको हो । सभा रचनात्मक र शान्तिपूर्ण हुने माओवादले जनाएको छ ।
सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन माओवादीले खबरदारी सभा गर्ने निर्णय गरेको थिए ।
बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारी पनि सहभागी हुन् छन् ।
जुलुस भद्रकाली, शहीद गेट हुँदै काठमाडौं मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने माओवादीले जनाएको छ ।
प्रतिक्रिया