मेरिल्याण्ड राज्यको बाल्टिमोर शहर स्थित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)सामुदायिक भवनको अगाडी झण्डोत्तोलन कार्यक्रम हुने भएको छ । नेपाली समुदाय कै सामुदायिक भवन अगाडी यसरी ३ वटा झन्डा फहराइने कार्यक्रम नेपाली समुदायमा अमेरिकामा सम्भवत पहिलो हुनेछ ।
अक्टोबर २६, २०२४ को दिन बानाका लागि ऐतिहासिक हुने भएको छ । शनिबार हुने कार्यक्रममा नेपाल, अमेरिका तथा मेरिल्याण्ड राज्यको झण्डा फहराउने विशेष कार्यक्रम रहेको र प्रमुख अतिथिका रुपमा हालका बाल्टिमोर काउण्टीका काउन्टी कार्यकारी जोनी ओ रहने छन् । उक्त कार्यक्रममा प्रमुख अतिथी जोनी ओ तथा बानाका अध्यक्ष सुबोध पन्त लगायतले भवन कै अगाडी उद्घाटन गर्ने छन् । यो सबैको लागि बिशेष हुनेछ ।
जोनी ओ एक अमेरिकी राजनीतिज्ञ तथा डेमोक्र्याटिक दलका सशक्त सदस्य हुन् । जोनी ओ सन् २००६ देखि २०१५ सम्मको लागि छैठौ जिल्लाका पूर्व बिधान सभा सदस्य अर्थात् सांसद भै काम गरि सकेका छन् ।
उनि काउन्टी कार्यकारीको साथै मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र २ का लागि लागि आगामी नोभेम्बर ५ ,२०२४ का दिन हुने चुनावका लागि अमेरिकी प्रतिनिधि सभाका लागि आधिकारिक उम्मेदवार हुन्। उनले प्राथमिक निर्वाचनमा अन्य उम्मेदवारहरुलाई हराउदै उनि डेमोक्र्याटिकका उम्मेदवार बन्न सके पछि उनको भिडन्त अहिले रिपब्लिकन दलका किम क्लासिकसंग लड्दै छन ।
जोनी ओको चुनाव क्षेत्र २ निकै राम्रो अवस्था रहेकोले २०२५ का लागि अमेरिकी तल्लो सदन अर्थात् प्रतिनिधि सभाका सदस्यमा बिजयी हुने सम्भावना ज्यादा रहेको छ । उनको प्रमुख आतिथ्यमा कार्यक्रम ऐतिहासिक र अविस्मरणीय हुने भएकोले कार्यक्रममा सहभागि हुन सम्पूर्ण मेरिल्याण्ड तथा वरिपरिका नेपाली समुदायलाई बानाका अध्यक्ष सुबोध पन्तले आह्वान गरेका छन् ।
कार्यक्रम हुने बारे बिस्तृत जानकारी :
स्थान: बाना सामुदायिक भवन
2906 Taylor Avenue
समय: ११ बजे बिहान
सुवोध विलास पन्त
अध्यक्ष
बाना तथा वाना कार्यसमीती परिवार
प्रतिक्रिया