बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्किए पछि जहाज सञ्चालकले १०० मिलियनको क्षतिपूर्ति दिने

इनेप्लिज २०८१ कार्तिक ८ गते २३:४३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जहाजको ठक्करबाट भत्किएको पुलको क्षति स्वरुप जहाज सञ्चालकले १०० मिलियन डलर दिने अमेरिकासंग सम्झौता गरेका छन् ।

उक्त पुल भत्किए पछि उक्त नहरमा पूर्ण रूपमा खोल्नु अघि महिनौंसम्म बाल्टिमोरको बन्दरगाहबाट व्यावसायिक ढुवानीको आवत जावत रोकिएको थियो । बाल्टिमोर फ्रान्सिस स्कट की ब्रिज(पुल) भत्किँदा ६ जनाको ज्यान गएको थियो ।

मारिएका तीन जना पुरुषका परिवारले डाली जहाजको मालिकलाई कानूनी कारबाही गर्ने योजना घोषणा गरेका थिए । ठक्कर दिने जहाजक संचालकले न्याय विभागले ल्याएको मुद्दा सुल्झाउन १०० मिलियन डलर भन्दा भन्दा बढी तिर्न सहमत भएको अधिकारीहरूले बिहीबार बताए ।

अमेरिकी न्याय विभागले डालीका मालिक ग्रेस ओशन प्राइभेट लिमिटेड र सिंगापुरका प्रबन्धक सिनर्जी मरिन समूह दुवैलाई पानीमुनिको फोहोर हटाउन र शहरको बन्दरगाह पुनः खोल्न सरकारले खर्च गरेको १० करोड डलरभन्दा बढी क्षतिपूर्ती दिन आग्रह गरेको एक महिनापछि यो सम्झौता भएको हो।

बाल्टिमोरमा काम गर्दै गर्दा मालसामान बोकेको जहाजले पुललाई मार्च २६ का दिन ठक्कर दिंदा पुल भत्किएको थियो। घटनामा अन्य दुई जना मजदुर बाँच्न सफल भएका थिए ।

मार्च २६ मंगलबारका दिन बिहान एउटा मालबाहक पानी जहाजले ठक्कर दिए पछि पुल भत्किए पछि ८ जना बेपत्ता भएका थिए । बाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिज (पुल)मंगलबार बिहानै भत्किएको थियो । पुल खस्दा निर्माणाधीन आठ जना मजदुर खसेका थिए । तीमध्ये दुईजनालाई खोलाबाट निकालिएको थियो र दुवै बाँच्न सफल भएका थिए ।

प्रतिक्रिया