फिप्नाको वित्तिय साक्षरता तथा सामाजिक सुरक्षा कोष सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

इनेप्लिज २०८१ कार्तिक ८ गते २२:४२ मा प्रकाशित

नेपाल आदिवासी जनजाती महासघं अमेरीका (फिप्ना) ले (Financial Literacy and Social Security Benefit) वित्तिय साक्षरता तथा सामाजिक सुरक्षा कोष सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम फाईन्यानसियल लिटरेसि क्याम्पिनर ( Financial Literacy Campaigner)साङ दोर्जे शेर्पाले वित्तिय कोष सम्बन्धि बिस्तृत रुपमा जानकारी दिनुभएको थियो ।

सामाजिक सुरक्षा कोष सम्बन्धी Registered Social Security Analyst दाजीमा शेर्पाले सामाजिक सुरक्षा कोषको सुबिधाहरू कहिले र कसले लिन मिल्छ, यसका फाइदा र बेफाइदाको बारेमा, उमेरको हद्बबन्धि, महिला र पुरुषमा भिन्नता ,एकल महिला ,श्रीमान श्रीमती बिजको करको दायरा र यसबाट पाउने फाईदा र बेफाईदाको बिषय ३ तिन घण्टा लामो समय सम्म ब्याख्या विश्लेषण गर्दै प्रतिउत्तर दिएका थिए ।

यो कार्यक्रमले फिप्नामा आबद्ध संस्थाहरू मात्र नभएर न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायहरूलाई यसबारेमा जानकारी लिएर फाइदा लिन सक्ने छन ।

उक्त कार्यक्रम फिप्नाका माहसचिव दिपक चौधरीले Financial Literacy and Social Security Benefit हाम्रो समाजको लागि अतिनै आवस्यक बिषय बस्तु रहेको र यो कार्यक्रमले धेरै मानिसहरूलाई सहयोग पुग्ने बटाउदै कार्यक्रम शूरू गर्नु भएको थियो।

कार्यक्रमा फिप्ना र अरू अन्य नेपाली सघंसस्थाको बिशेष व्यक्तित्वहरुको उपस्थित रहेको थियो । फिप्ना सघिंय परिषदको सभापती ,वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिब द्वय ,कोषाध्यक्ष ,सल्लाहकारहरु र सदस्य सस्थाका अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो ।

अन्त्यमा फिप्नाको अध्यक्ष तोरण गुरुङले कार्यक्रमको सकारात्मक पाटोमा चर्चा गर्नु भयो । आगमी दिनहरुमा यस्ता अरु धेरै कार्यक्रम हुने त्यस्तो कार्यक्रमहरुमा सहभागी भई लाभ लिनको निमित्त आग्रह गरे।

प्रतिक्रिया