सिरियामा घातक हवाई आक्रमण ,लेबनानबाट इजरायलमा लगभग ५० वटा क्षेप्यास्त्र प्रक्षेपण

इनेप्लिज २०८१ कार्तिक ८ गते ११:३१ मा प्रकाशित

सिरियाको रक्षा मन्त्रालयले बिहीबार राजधानी डमस्कस र पश्चिमी शहर होम्स नजिकैको सैन्य स्थलमा हवाई आक्रमण गरेको जनाएको छ ।

आक्रमणमा एक सैनिकको मृत्यु भएको र अन्य सात जना घाइते भएको मन्त्रालयले जनाएको छ।

हालैका वर्षहरूमा सिरियामा नियमित हमला गर्ने इजरायलले हवाई आक्रमणको दाबी गरेको छैन। इजरायल रक्षा बलका अनुसार लेबनानबाट इजरायली क्षेत्रमा लगभग ५० वटा क्षेप्यास्त्रहरु प्रक्षेपण गरेको बताएको छ ।

इजरायल रक्षा बलका प्रवक्ता अविचाय अद्राईले हे जबुल्लाहले लडाकु र हतियार ढुवानी गर्न रुग्णवाहिनी (एम्बुलेन्स) प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

लेबनानमा इजरायली हमलाहरूद्वारा चिकित्सा सवारी, कामदार र सुविधाहरू बारम्बार निशाना बनाइएका छन्।

प्रतिक्रिया