ट्रम्प आफ्ना पूर्व प्रमुख कर्मचारीले अन्तर्वार्तामा फासिस्टको संज्ञा दिए पछि उनि माथि खनिए ,ट्रम्पले केलीलाई दिए हरिलट्ठकको संज्ञा

इनेप्लिज २०८१ कार्तिक ८ गते ०:१७ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्ना पूर्व चिफ अफ स्टाफ (प्रमुख कर्मचारी )जोन केलीलाई आक्रमण गरेका छन् । उनि माथि ट्रम्प खनिए ।

केलीले अन्तर्वार्ताको एक श्रृंखलामा पूर्व राष्ट्रपति “फासिस्टको सामान्य परिभाषामा योग्य छन्” र “हिटलरको जस्तो जनरलहरू चाहन्छन् भने पछि ट्रम्प रिसाएका हुन् ।

उनलाई पुरै पतित भन्दै घृणाको कथा बनाएको बताए । उनिसंग दुई गुणहरू थिए । उनि राम्रोसँग काम गर्दैनन्। अर्को उनि चाम्रो र हरिलट्ठक हुन् ,ट्रम्पले भने । उनले भनेका कथाहरु झुटा छन् र त्यस्ता अन्य धेरै कथाहरू छन्। यद्यपि मैले उनीसँग समय खेर फाल्नु हुँदैन भने ।

केलीले न्यूयोर्क टाइम्सलाई पूर्व राष्ट्रपतिले “निश्चित रूपमा सरकारमा तानाशाहको दृष्टिकोणलाई प्राथमिकता दिन्छन्” भने पछि उनको पूर्व प्रमुख कर्मचारी माथिको उनको आक्रमण आएको हो।

प्रतिक्रिया