ब्लिन्केन र नेतन्याहु बीच भेटघाट ,अमेरिकाद्वारा युद्धविरामको लागि दबाब दिदै ब्लिन्केन साउदी अरेबियाको लागि प्रस्थान

इनेप्लिज २०८१ कार्तिक ७ गते १०:५७ मा प्रकाशित

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच भेटघाट भयो । उनीहरु बीच गत मंगलबार अढाई घण्टा सम्म वार्ता चलेको थियो भने अमेरिकाले हमास र हेजबुल्लाहसँग इजरायलको द्वन्द्व अन्त्य गर्न युद्धविराम सम्झौताको लागि दबाब दिएको छ।

ब्लिन्केन र नेतान्याहुले गाजामा बन्दी रहेका बाँकी बन्धकहरूलाई रिहाइ गर्ने र प्यालेस्टाइनी र इजरायलीहरूलाई दिगो शान्ति प्रदान गर्ने योजना बनाउने सम्झौतामा पुग्न हमास नेता याह्या सिनवारको हत्या पछि यसलाई लाभ उठाउने बारे आवश्यकताबारे छलफल गरे।

ब्लिन्केनले गाजामा सहायताको प्रवाह बढाउने महत्त्वबारे पनि छलफल गरेको एबिसीन्यूजले जनाएको छ । अमेरिकाले गत हप्ता इजरायललाई चेतावनी दिदै मानवीय सहायता प्रदान गर्न गाजाका नागरिकहरूलाई नरोक्न दबाब दिएको थियो ।

विदेश सचिव ब्लिन्केन बुधबार बिहान इजरायलबाट साउदी अरेबियाको लागि प्रस्थान गरेका छन् । तेल अवीवमा आफ्नो विमानमा चढ्नु अघि ब्लिन्केनले पत्रकारहरूलाई इजरायलले गाजामा आफ्ना अधिकांश सैन्य उद्देश्यहरू हासिल गरिसकेको बताए ।

उनि त्यही हुदै गर्दा इजरायलले बेरुतमा रातभरि थप आक्रमण गरेको छ ।

इजरायली लडाकु विमानहरूले लेबनानको राजधानीमा अर्को राती हेजबुल्लाहका हतियार भण्डारण, हतियार निर्माण र दक्षिणी उपनगरहरूमा कमाण्ड केन्द्रहरुमा आक्रमण गरेको छ । हवाई आक्रमणहरू दाहियामा केन्द्रित थिए। दाहिया दक्षिण बेरुतको हेजबुल्लाहको गढ मानिन्छ ।

अक्टोबर ७, २०२३ देखि लेबनानमा इजरायली हमलामा २,५०० भन्दा बढी मानिस मारिएका छन् भने झन्डै १२,००० घाइते भएका छन् ।

प्रतिक्रिया