युक्रेनद्वारा रुसमाथि १०० भन्दा बढी मानवरहित उपकरण प्रक्षेपण ,युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा १७ जना घाइते

इनेप्लिज २०८१ कार्तिक ४ गते १२:१४ मा प्रकाशित

युक्रेनले रुसमाथि १०० भन्दा बढी मानवरहित उपकरण (ड्रोन)प्रक्षेपण गरेको छ । त्यस्तै युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा परि १७ जना घाइते भएका छन् ।

रुसी वायु प्रतिरक्षाले रुसको पश्चिमी क्षेत्रहरूमा आइतवार १०० भन्दा बढी युक्रेनी मानवरहित उपकरण (ड्रोन)हरू खसालेको मस्को अधिकारीहरूले बताए । जबकि युक्रेनी शहर क्रिभि रिहमा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )आक्रमणमा १७ जना घाइते भएका छन्।

रुसी रक्षा मन्त्रालयले सात रुसी क्षेत्रहरू विरुद्ध रातभरि गरेको आक्रमणमा ११० मानवरहित यान (ड्रोन)हरू नष्ट भएको बताएको छ। धेरैले रुसको सीमा क्षेत्र कुर्स्कलाई निशाना बनाएको र त्यहाँ ४३ वटा मानवरहित यान खसालिएको बताइएको छ।

स्थानीय गभर्नर ग्लेब निकितिनले आइतवार औद्योगिक क्षेत्रमा मानव रहित यान (ड्रोन )हमलाबाट भएको क्षतिलाई पन्छाउँदै गर्दा ४ जना अग्नि नियन्त्रणकहरु घाइते भएका छन् ।

सेप्टेम्बरको अन्त्यमा यस्तै आक्रमणले रुसको रक्षा मन्त्रालयले सात क्षेत्रमा १२५ मानव रहित यान (ड्रोन) नष्ट गरेको विवरण दिएको थियो।

युक्रेनी वायुसेनाले रुसी ४९ वटा मानवरहित यानहरु रातभर प्रहार गरेको बताएकोछ । युक्रेनी राजधानी कीभ सहित १२ वटा क्षेत्रहरूमा ३१ वटा मानव रहित यान (ड्रोन)हरू खसालिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा रुसले गत साता मात्रै युक्रेनमा करिब ८०० निर्देशित हवाई बम (गाईडेड एरियल बम )र ५०० भन्दा बढी मानव रहित यान (ड्रोन )आक्रमण गरेको बताए ।

हरेक दिन, रूसले हाम्रा शहर र समुदायहरूमा आक्रमण गर्छ। यो हाम्रा जनता बिरूद्ध दुश्मनबाट जानाजानी आतंक हो ,उनले भने ।

प्रतिक्रिया