इजरायली सेनाले दक्षिण लेबनानमा अर्का हेजबुल्लाह सेनापति मारिएको दाबी ,लेबनानबाट इजरायलमा ७० वटा क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०८१ कार्तिक ४ गते ११:३९ मा प्रकाशित

इजरायली सेनाले दक्षिण लेबनानमा अर्का हेजबुल्लाह सेनापति मारिएको दाबी गरेको छ । इजरायल रक्षा बल (डिफेन्स फोर्स)ले आइतवार हेजबुल्लाहको दक्षिणी मोर्चाका एक वरिष्ठ सदस्यको हत्या गरेको जानकारी दिएको छ।

अल-हज अब्बास सलामा दक्षिणी लेबनानको टेब्नाइन क्षेत्रमा हवाई आक्रमणमा मारिएको आईडिएफले सामाजिक संजाल (सोशल मिडिया)मा लेखेको छ।

आईडिएफका अनुसार सलामा धेरै आतंकवादी षड्यन्त्रमा संलग्न थिए। उनि हेजबुल्लाहको दक्षिणी अग्र पंक्तिमा धेरै पदहरूमा काम गरेका थिए ।

लेबनानबाट इजरायलमा ७० वटा क्षेप्यास्त्र प्रहार गरिएको आइडिएफले जनाएको छ । आइतबार बिहान लेबनानबाट इजरायलमा प्रहार गरिएका करिब ७० वटा क्षेप्यास्त्र पहिचान गरेको बताएको छ। केही क्षेप्यास्त्रहरू रोकिएका थिए ।

आक्रमणको परिणाम स्वरूप यस क्षेत्रमा लागेको धेरै आगो निभाउन काम गरि रहेको आईडिएफले जनाएको छ ।

प्रतिक्रिया