नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अमेरिकाले शुक्रबार साँझ मरिसभिल शहरमा एक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । नेपालबाट अमेरिका भ्रमणमा आएका गीतकार एवम् समालोचक डा• ढुण्डीराज पहाडीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालका ख्यातिप्राप्त साहित्यिक ब्यक्तित्वहरु समेतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै ईश्वर देवकोटा , नगेन्द्र न्यौपाने , डा • ऋषि बस्ताकोटी , मोहन पहाडी , जीतमान बस्नेत लगायतले नेपाली समुदायले आफ्नो भाषा , संस्कृति , साहित्य र संगीतको संरक्षण र जगेर्नाका निम्ति भए गरेका प्रयासहरुका बारेमा प्रकाश पार्दै आ -आफ्ना साहित्यिक रचना समेत वाचन गर्नुभयो ।
त्यसैगरि डा• निलम कार्की निहारिका , शिखर दुलाल , शिव पलाँस , तिला धमला , प्रसुन पहाडी , भक्तराज पोखरेल , भगवती न्यौपाने , देवका धमला , प्रभा पोखरेल लगाएतले पनि आ -आफ्ना सृजना वाचन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष शिखर दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई सचिव प्रभा पोखरेलले सन्चालन गर्नुभएको थियो ।
प्रमुख अतिथि डा पहाडीले समीक्षात्मक मन्तब्य राख्दै अमेरिका भित्रको नेपाल देखेर आफूलाई खुशी लागेको बताउनु भयो ।
प्रतिक्रिया