हमास नेता याह्या सिनवार रफाहको आवासीय क्षेत्रमा रहेको एउटा मात्र घरमा मारिएको इजरायल रक्षाबल (आईडीएफ) द्वारा जारी श्रब्यदृश्य (भिडियो) र तस्बिरहरूको सिएनएन विश्लेषण टोलीले फेला पारेको जनाएको छ ।
सिएनएनले हालैको भूउपग्रह (स्याटेलाइट )तस्बिरहरुलाई आईडिएफद्वारा सामाजिक सञ्जालमा साझा गरिएका वरपरका श्रब्यदृश्य (भिडियो)हरू र तस्बिरहरूसँग तुलना गर्दा भौगोलिक स्थान बनाउन सक्षम भएको बताएको छ ।
बिहीबार आईडीएफका प्रवक्ता ड्यानियल हगारीले रफाहको ताल अल-सुल्तान क्षेत्रमा सिनवार मारिएको पुष्टि गरेका छन् ।
सिनवारले केही समयदेखि सो क्षेत्रमा आश्रय लिएका थिए वा भर्खरै त्यहाँ आश्रय लिएका थिए भन्ने स्पष्ट नभएको सिएनएनले जनाएको छ । सिनवार मारिएको ठाउँको उत्तरमा घरहरू ध्वस्त भएका थिए ।
सिएनएनका अनुसार सेप्टेम्बर २ सम्म सिनवारको घर भग्नावेश अवस्थामा चारैतर्फ घेरिएको थियो। सेप्टेम्बर १० मा घर वरपरका धेरै सडकहरू ध्वस्त देखिएका र घरहरू पूर्ण रूपमा समतल भएको देखिएको भूउपग्रहका चित्रहरुमा देखिएको छ ।
इजरायल रक्षाबलले बिहीबार दक्षिणी लेबनानमा सैन्य कारबाहीका क्रममा आफ्ना पाँच सैनिक मारिएको जनाएको छ। इजरायली सेनाले हमास नेता सिनवारको अन्तिम क्षणहरू भएको श्रब्यदृश्य (भिडियो )सार्वजनिक गरेको जनाएको छ ।
इजरायल रक्षा बलका प्रमुखले बिहीबार हमास नेता सिनवार बिनाको संसार अब राम्रो ठाउँ भएको बताए। सिनवारलाई मार्ने सेनाहरूसँग जम्काभेट भयो । उनीहरूले “व्यावसायिकता र दृढताका साथ सही रूपमा काम गरे। किनभने उनीहरूले सिनवार त्यहाँ छ भनेर थाहा पाएका थिएनन् । तर हाम्रा सिपाहीहरूले आतंकवादीहरूसँगको हरेक मुठभेडमा सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका थिए,प्रमुखले भने ।
प्रतिक्रिया