भौतिकशास्त्रको नोबेल पुरस्कार एक अमेरिकी र एक क्यानाडेली वैज्ञानिकलाई यन्त्र प्राज्ञत्व (मेसिन लर्निङ )आविष्कारका लागि प्रदान

इनेप्लिज २०८१ असोज २२ गते ११:०६ मा प्रकाशित

यस बर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार एक अमेरिकी र एक क्यानाडेली वैज्ञानिकलाई यन्त्र प्राज्ञत्व (मेसिन लर्निङ )आविष्कारका लागि प्रदान गरिएको छ । जोन हपफिल्ड र जेफ्री हिन्टनलाई यन्त्र अध्ययनको खण्ड रचना(मेसिन लर्निङको बिल्डिंग ब्लक)हरू बनाउने आविष्कारहरूका लागि भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको हो ।

कृत्रिम बुद्धिमत्ता( एआई ) का गुरु (गडफादर )भनेर चिनिने जोन हपफिल्ड र जेफ्री हिन्टनलाई यन्त्र बिद्या तथा कृतिम बुद्धिमत्ता (मेसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स)को खण्ड रचनाहरू बनाउने आविष्कार र आविष्कारहरूका लागि मंगलबार भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरियो।

नोबेल समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै , “यस वर्षका भौतिकशास्त्रका दुई नोबेल पुरस्कार विजेताहरूले आजको शक्तिशाली यन्त्र प्राज्ञत्व (मेसिन लर्निङ)को जग बनेका विधिहरू विकास गर्न भौतिक विज्ञानका उपकरणहरू प्रयोग गरेका छन्।”

हपफिल्डले अनुसन्धान प्रिन्सटन विश्वविद्यालयमा र हिन्टनले टोरन्टो विश्वविद्यालयमा अनुसन्धान गरेका हुन् ।

नोबेल पुरस्कारको घोषणाहरू बुधबार रसायनशास्त्रको पुरस्कार र बिहीबार साहित्यको जारी गरिने छ । यसै गरि नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार अक्टोबर १४ मा घोषणा गरिने छ।

प्रतिक्रिया