अमेरिकी दुई बैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनले माइक्रोआरएनए (सुक्ष्मआरएनए) खोजको लागि नोबेल चिकित्सा पुरस्कार जितेका छन् ।
दूई वैज्ञानिकहरूले माइक्रोआरएनएको खोजको लागि बाजी मारेका छन् । उनीहरुले जीन (वंशाणू)गतिविधि कसरी नियमन गरिन्छ भन्ने आधारभूत सिद्धान्तको लागि उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको छ ।
वैज्ञानिक एम्ब्रोस र रुभकुनले माइक्रोआरएनएको खोज र वंशाणू नियमनमा यसको भूमिकाका लागि शरीरविज्ञान वा चिकित्सा (फिजियोलोजी वा मेडिसिन)मा २०२४ को नोबेल पुरस्कार जितेका छन्।
नोबेल सभाद्वारा सोमबार जारी गरिएको एक विज्ञप्तिमा संयुक्त राज्य अमेरिकामा आधारित पुरस्कार विजेताहरूले वंशाणू (जीन)गतिविधिलाई नियमन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सुक्ष्म आरएनए अणुहरूको नयाँ वर्ग पत्ता लगाएको जनाएको छ ।
“उनीहरूको नविन (ग्राउन्डब्रेकिंग) खोजले वंशाणू (जीन) नियमनको पूर्ण रूपमा नयाँ सिद्धान्त प्रकट गर्यो जुन मानव लगायत बहुकोशिकिय (बहुसेलुलर)जीवहरूका लागि आवश्यक भएको पाइयो ,” विज्ञप्तिमा भनिएको छ।
हार्बर्ड बिश्वबिद्यालयमा एम्ब्रोसले गरेको अनुसन्धानले उनलाई पुरस्कार दिलाएको छ । उनि हाल म्यासाचुसेट्स बिश्वबिद्यालय चान मेडिकल स्कूल(चिकित्सा बिद्यालय )का प्राकृतिक विज्ञानका प्राध्यापक हुन् ।
त्यस्तै बैज्ञानिक रुभकुनको अनुसन्धान म्यासाचुसेट्स जनरल अस्पताल र हार्वर्ड मेडिकल स्कूल(चिकित्सा बिद्यालय)मा गरिएको थियो। जहाँ उनी आनुवंशिकीका प्राध्यापक भएको नोबेल समितिका सचिव थोमस पर्लम्यानले बताए ।
प्रतिक्रिया