डिसी क्षेत्रको दशैं तिहार महोत्सव २०२४ अभूतपूर्व रुपमा सम्पन्न ,प्रमोद ,अन्जु ,निमा र मिलन लगायतको बेजोड प्रस्तुती

विजय थापा २०८१ असोज २० गते ११:२९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको मनाससमा आयोजना गरिएको दशैं तिहार महोत्सव २०२४ भव्यताको साथ सम्पन्न भएको छ । महोत्सव ऐतिहासिक रुपमा सफलता हासिल गर्न सफल भएको छ ।

उक्त कार्यक्रम भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्ड नामक स्थलमा भएको थियो ।

गत अक्टोबर ५ शनिबारका दिन सम्पन्न कार्यक्रममा मौषमले पुरै साथ दिएको थिए । बिगत केही दिन देखि झरी र घाम नै नदेखिएको अवस्थामा गत शनिबार बिहानै देखि सूर्य देखिएको र मौषम दिनभरी अत्यन्तै राम्रो भएको कारण दर्शकहरुको भिड लागेको थियो ।

साँझ परे पछि अलिक केही चिसो भएता पनि त्यसलाई वास्ता नै नगरी अन्तिम समय सम्म दर्शकहरुले आफ्ना प्रिय कलाकारहरुलाई साथ दिएका थिए ।

उक्त कार्यक्रममा सबैका प्रिय गायक प्रमोद खरेल मुख्य आकर्षणका केन्द्र रहेका थिए । उनले आधा दर्जन भन्दा आफ्ना कालजयी र प्रसिद्ध गीत प्रस्तुत गरेका थिए । उनले गीत गाउँदा दर्शकले सबै गीतमा स्वरमा स्वर मिलाई साथ दिएका थिए । अर्थात् उनले गीत सुरुवात गर्नु अगाडी नै दर्शकले केही हरफ गीत गएका थिए ।

दर्शकहरु हर्ष र खुसीले झुमेका थिए । प्रमोदले आफ्ना चर्चित गीतहरु झ्यालबाट हेर ,झुमा झुमा ,म बिना कसै कसैलाई लगायत गाएका थिए । यस्तै गरि मिलन नेवारको त्यतिकै दमदार प्रस्तुती रहेको थियो । उनले पनि आफ्ना चर्चित आधा दर्जन गीतहरु फुलबुट्टे सारी लगाएत गाएकी थिइन् । उनलाई पनि दर्शकहरुले साथ दिएका थिए ।

यसै गरि लोकप्रिय गायिका अन्जु पन्तको बेजोड प्रस्तुती रहेको थियो । उनले पनि नेपाली चलचित्रको सुर्के थैली र नबिर्से तिमीलाई नपाएँ तिमीलाई सहित कम्तिमा आधा दर्जन गीत प्रस्तुती गरेकी थिइन् ।

अन्तिम प्रस्तुतिमा निमा रुम्बा आफ्नो ब्याण्ड(संगीत मण्डली)सहित उत्रेका थिए । उनले पनि कम्तिमा आधा दर्जन गीतहरु प्रस्तुत गरेका थिए । उनले नयाँ गीतहरु सहित पुराना कालजयी गीतहरु रातमा पनि ,आउ आउ न जस्ता अत्यन्तै लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । उनलाई पनि दर्शकले अन्तिम सम्म साथ दिदै झुमेका थिए ।

मुख्य सांगीतिक प्रस्तुति ६ बजे पछि गरिएता पनि दिउसो १२ :३० बजे देखि स्थानीय कलाकारहरुले बिभिन्न प्रस्तुति गरेका थिए । थुप्रै प्रस्तुति मध्ये अमेरिकाको भर्जिनियामा मै जन्मेकी प्रकृति देउजाको बिशेष प्रस्तुती अद्वितीय रहेको थियो ।

साथै पहिलो पटक प्रत्यक्ष (लाइभ )दोहोरी समेत गरिएको थियो । उक्त दोहोरीमा हाल मेरिल्याण्ड क्षेत्रमाइ बसोबास गर्ने र नेपालीकी चर्चित लोक दोहोरी गायिका शान्ति भण्डारी तथा लोकप्रिय लोक दोहोरी गायक रमेश परिवारको प्रस्तुति गरेका थिए ।

साँझ ६ बजे पछि स्थानीय संगीत मण्डली सम्राट एण्ड ब्याण्ड ,अश्त्र लगायत समेतले प्रस्तुति दिएका थिए ।

दशैँ तिहार फेस्ट अर्थात् दशैँ तिहार महोत्सव २०२४ वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली समुदाय तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी आयोजना गरिएको हो ।

अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवर्द्धन गर्नका लागि आयोजित महोत्सवले अपार सफलतापूर्वक सम्पन्न भएको छ । चङ्गा उत्सव पनि मनाईएको थियो । बालबालिका तथा वयस्कहरुले समेत चङ्गा उडाएका थिए ।

महोत्सवमा दशैं बजार, नेपाली खानाका परिकार,सेलरोटी, गहना पसल र लुगा तथा अन्य विभिन्न सामानका प्रदर्शनी कक्षहरु रहेका थिए ।

महोत्सवमा दिउँसोको समय मंगलधुन, लाखे नाच,धिमे नाच ,पुलुकिसी, रथ प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम तथा तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति भएका थिए ।

अमेरिकाको भ्रमणमा रहेकी अन्जली अधिकारीले पनि आफ्ना चर्चित गीतमा अद्वितीय नृत्य प्रस्तुति गरेकी थिइन् ।

महोत्सव थ्री इन्टरटेन्टमेन्टले आयोजना गरेको थियो । दशैँ तिहार महोत्सवमा भाग्यशाली चिट्ठा बिजेताहरुका समेत घोषणा गरिएको थियो ।

गत बर्ष सफलतापूर्वक सम्पन्न दशैँ तिहार महोत्सव २०२४ तेश्रो महोत्सव हो । कार्यक्रमको मुख्य प्रायोजक अनेष्ट रियल स्टेटले गरेको थियो भने संचालक अन्जना बुढाथोकीले सबैलाई धन्यबाद दिएकी थिइन् । कार्यक्रमको सुरु मै स्थानीय नेताहरु समेतले शुभकामना सहित छोटोमा आफ्ना भनाई राखेका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया