न्यूयोर्कका पूर्व गभर्नर डेभिड प्याटरसन र उनका सौतेनी छोरामाथि शुक्रबार राति न्यूयोर्क शहरमा आक्रमण भएको अधिकारीहरूले बताएका छन्।
घटना राति ९ बजेभन्दा अघि भएको हो । न्यूयोर्क शहर प्रहरी विभागका अनुसार माथिल्लो पूर्व क्षेत्रको ९६ औं मार्गमा उक्त हमला भएको थियो ।
आक्रमणको सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी पठाइएको प्रहरीले जनाएको छ । जब अधिकारीहरू त्यहाँ आइपुगे पछि उनीहरूले अनुहारमा चोट लागेको एक २० वर्षीय पुरुष र टाउको प्रहार गरिएका एक ७० बर्षिय वर्षीय पुरुष भेट्टाएका थिए । दुवै घाइतेलाई स्थिर अवस्थामा स्थानीय अस्पतालमा लगिएको थियो।
एक विज्ञप्तिमा, पूर्व गभर्नरका प्रवक्ताले दुईजनालाई “आफ्नो घर नजिकैको घर समूहको वरिपरि हिंड्ने क्रममा केही व्यक्तिहरूले आक्रमण गरेका थिए ।
प्रहरीले कसैलाई पक्राउ नगरेको र अनुसन्धान जारी रहेको जनाएको छ । ७० वर्षीय प्याटरसन डेमोक्र्याट हुन् भने उनले २००८ देखि २०१० सम्म गभर्नरको रूपमा सेवा गरेका ठुये ।
वेश्यावृत्ति काण्ड पछि इलियट स्पिट्जरको राजीनामा पछि उनि गभर्नर भएका थिए । उनि त्यसबेला न्यूयोर्क राज्यको पहिलो अस्वेत गर्भनर भै इतिहास रचेका थिए ।
प्रतिक्रिया