अध्यावधिक गरिएको : अमेरिकामा समुन्द्री आँधी हेलिनबाट छ वटा राज्यहरूमा मृत्यु हुनेको कूल संख्या १९१ पुगेको छ ।
समुन्द्री आंधी हेलिनबाट कम्तिमा १९१ जनाको ज्यान गएको सिएनएनले जनाएको छ । समाचारका अनुसार नर्थ क्यारोलाइनाको बनकोम्बे काउन्टीमा मात्र ७३ जनाको मृत्यु भएको छ । यो आँधीबाट सबैभन्दा बढी प्रभावित राज्यहरू मध्ये एक हो।
टेनेसीमा थप दुई जनाको मृत्युको घोषणा गरेपछि सीएनएनको तथ्यांकअनुसार हेलिनबाट मृत्यु हुनेको संख्या छ वटा राज्यहरूमा कम्तिमा १९१ पुगेको छ।
सन् २००५ मा कम्तिमा १,८३३ जनाको ज्यान लिने गरि आएको समुन्द्री आँधी क्याट्रिना पछि हेलिन विगत ५० वर्षमा अमेरिकी मुख्य भूमिमा प्रहार गर्ने दोस्रो सबैभन्दा घातक समुन्द्री आँधी हो।
समुन्द्री आँधीबाट नर्थ क्यारोलाइनामा ९५ जना ,साउथ क्यारोलाइनामा ३९ ,जर्जियामा २५ ,फ्लोरिडामा १९। टेनेसीमा ११ र भर्जिनियामा २ जनाको ज्यान गएको छ ।
यसै बीच राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले विनाशको सर्वेक्षण गर्न गत बुधबार यस क्षेत्रमा यात्रा गरेका छन् ।
अझै पनि १२ लाख मानिसहरुका घरमा बिद्युत बिच्छेद भएको छ । नर्थ क्यारोलाइनाको बनकोम्बे काउन्टी शेरिफ क्वेन्टिन मिलरले हेलिन समुन्द्री आँधीका कारण ५७ जना बासिन्दाको मृत्यु भएको पुष्टि गरेका छन् ।
फ्लोरिडाको बिग बेन्ड क्षेत्रमा गत बिहीबार राति आएको यो समुन्द्री आँधी खतरनाक श्रेणी ४ को रूपमा जमिनमा पुगेको थियो । बिग बेन्ड क्षेत्रमा विगत १३ महिनामा हेलिन तेस्रो समुन्द्री आँधी हो ।
अमेरिकाको सबै भन्दा ज्यादा प्रभावित क्षेत्रहरुमा क्रमस फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलाइना , साउथ क्यारोलाइना ,टेनेसी र भर्जिनिया रहेका छन् ।
राष्ट्रिय मौसम सेवाका अनुसार ग्रामीण उत्तरपश्चिमी नर्थ क्यारोलाइना क्षेत्रमा अहिलेसम्म ३०.७८ इन्च सबैभन्दा बढी वर्षा भएको थियो ।
प्रतिक्रिया